कतारमा हावाहुरीसहित असिना पानि, नेपालीलाइ कोरोनाकै चिन्ता

कतारको विभिन्न भागमा अहिले हावाहुरीसहित असिना पानि परिरहेको छ। कतारमा आजदेखि अर्को एक हप्तासम्मको मौसम अस्थिर  रहने अनुमान गरिएको छ । असिना सहितको पानि परिरहेको यस्तो अस्थिर मौसमको समय यात्रा गर्दा उच्च सतर्कता अपनाउन कतार नागरिक उड्डयन प्राधिकरणले सुझाव दिएको छ। तिव्र गतिमा धुलोसहितको हावा चल्ने भएकाले दृश्यतामा बाधा भए पुग्ने अवस्था आए बाहिर यात्रा नगर्न प्राधिकरणले सुझाव दिएको छ।

कतारमा यस हप्ताको तापक्रम अधिकतम २७ देखि ३२ डिग्री सेल्सियस र न्युनतम १८ देखि २३ डिग्री सेल्सियसको अनुमान गरिएको छ। यस हप्ता उत्तरपूर्वी हुँदै दक्षिणपूर्वी तर्फ तिव्र गतिको हावा चल्ने भएकाले समुन्द्र छाल ८ फीट माथिको उचाइ सम्म आउन सक्ने उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यस्तो प्रतिकुल मौसममा समुन्द्री किनारमा जाँदा सतर्कता अपनाउन प्राधिकरणको सुझाव छ।

वर्षाका कारण विद्युत प्रभावमा असर पुग्न सक्ने भन्दै विद्युतीया सामग्री प्रयोग गर्दा सावधानी अपनाउन कतार विद्युत प्राधिकरणले पनि आज एक विज्ञप्ति जारि गरेको छ। 

नेपालीलाइ कोरोनाकै तनाव 

कतार सरकारले कोरोना न्यूनीकरण गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्दै आएको भएता पनि कतारमा बस्ने नेपालीहरुमा भने यसको भय उतिकै छ। कतारले हालसम्म ८ हजार ५ सयजनामा कोरोना भाइरसको परिक्षण गरिसकेको छ। कतारले कोरोनाभाइरस रोगको परिक्षणमा देखाएको सक्रियताबाट थाहा पाउन सकिन्छ उसले आफ्नो देशलाइ भाइरसबाट सुरक्षित राख्न कुन हद सम्मको कदम चलिरहेको छ।

कतारमा अहिले करिव तिन सय भन्दा धेरै व्यक्ति कोरोना भाइरसबाट विरामी परेका छन्। हजारौंको संख्यामा अपर्वासी कामदार बस्ने पुरै क्याम्प आइसोलेशनमा राखिएको छ। कतिपय आइसोलेशन भएका त्यस्ता क्याम्पमा नेपाली नागरिकहरु पनि रहेका छन्। कतारले अबको केहिदिनमा उपचार पुरा गरेका व्यक्तिहरुलाई डिस्चार्ज गर्ने जानकारी समेत दिदै आएको छ। उपचारत विरामी कसैसको पनि जटिल अवस्था नरहेको कतारी स्थानीय मिडियाले रिपोर्ट गर्दै आएका छन्।

 

 

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…