अब खाडी राष्ट्र, मलेसिया र यूरोपमा रहेका नेपाली नागरिकलाइ पनि स्वदेश फर्कन नदिने

काठमाण्डौ – आउँदो शुक्रबार राती अर्थात मार्च २० देखि आउँदो वैशाख ३ गतेसम्म रोजगारीका लागि विदेश गएका नेपाली स्वदेश फर्किन नपाउने भएका छन् ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड १९ रोकथाम तथा नि यन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले खाडीका ६ देश, मलेसिया, इरान, टर्की, दक्षिण कोरिया, जापान र युरोपका सबै देशबाट नेपाल आउने विदेशी यात्रुसँगै नेपाली नागरिकलाई पनि नेपाल आउन प्र तिबन्ध लगाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

साथै यी देश ट्रान्जिट बनाएर आउने सबै देशका यात्रुलाई पनि नेपाल आउन रोक लगाइएको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको सं क्रमण नेपालीको श्रम गन्तव्य खाडीका देश र मलेसियासम्म फैलिएको छ ।

खाडीका ६ देश र मलेसियामा अहिलेसम्म १ हजार ९ सय ४६ जनामा कोरोनाको स ङ्क्रमण भएको छ । पछिल्लो तथ्याँकअनुसार १ सय ७० देशका दुई लाख ४ हजार ७ सय ३२ जनालाई कोरोनाको स ङ्क्रमण भएको छ । अहिलेसम्म ८ हजार २ सय ७० जनाको ज्यान गएको छ भने ८२ हजार ८ सय ८९ जना निको भएर घर फर्किएका छन् ।

सबै परिक्षा स्थगित 

सरकारले चैत महिनामा हुने सबै परीक्षा स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको बताए ।

बुधबार बसेको नेकपा सचिवालय बैठकले चैतमा हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको हो।

नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले समन्वय समितिले गरेका निर्णय र अहिलेको अवस्थाका विषयमा जानकारी गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताए ।

सरकारले एसईई परीक्षा लगायत विश्वविद्यालयहरुले लिने परीक्षाहरु समेत स्थगित गरेको पोखरेलले जानकारी दिए ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…