कोरोनाभाइरस रोक्न भारतसंगको साथै सीमा नाका सिल गर्ने तयारीमा सरकार

५ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यसबारे भोलि निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।

कोभिड–१९ रोकथाम तथा नि यन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्र भावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, भारतबाट आउजाउ रोकिएको छैन ।

हवाई मार्गबाट औसत दैनिक १५०/२०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेका छन् । तर, स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी छ ।

तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग भएर आउन रोक लगाए पनि रोजगारीका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल आइरहेका छन् । उनीहरुलाई सीमा नाकामा ज्वरो मात्र नाप्ने गरिएको छ ।

साथै सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो छ ।

पछिल्लो समय भारतमा कोरोना सं क्रमितहरु भेटिन थालेकाले सरकारले सीमा नाकाहरुमा क’डाइ गर्नेबारे छलफल थालेको हो । भारतमा अहिलेसम्म तीन जनाको मृ त्यु भएको छ भने १३७ जनामा सं क्रमण भेटिएका छन् । त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको स्रोतले बताएको छ ।

यसका लागि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले मंगलबार नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रालाई बोलाएर छलफल गरेका थिए । उनले भारत सरकारसँग छलफल गरेर राय दिने भन्दै एक दिनको समय मागेका थिए ।

सरकारको तयारी भने नेपाल भारतबीच ८/१० वटा नाकाबाहेक सबै बन्द गर्ने र त्यहीँबाट अत्यावश्यक वस्तु आयात निर्यात गर्ने तयारी गरेको छ । स्रोतले भन्यो, ‘वस्तु आयात रोकिँदैन । मानवीय आवत–जावतको हकमा अति जरुरी बाहेक रोक्ने हाम्रो तयारी छ ।’

भारत सरकारले पनि नेपालसँगको सीमानाकामा क डाइ गर्ने बताइसकेको छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…