कोरोना सम्बन्धि चिनियाँ वैज्ञानिकको नयाँ अनुसन्धान – ए ब्लड ग्रुप भएका मानिसलाई बढी ख’तरा

मानिसको रगतको आधारमा कोरोना भाइरस सं क्रमण फरक हुने चिनियाँ अनुसन्धानले देखाएको छ। पछिल्लो अध्ययनअनुसार ए ब्लड ग्रुप भएका मानिसलाई कोरोना भाइरसको प्रभाव धेरै पर्ने र ओ ब्लड ग्रुप भएका मानिसहरुलाई कम प्रभाव पार्ने देखिएको छ।

पहिलो पटक कोरोना भाइरस देखिएको चीनको वुहानमा गरिएको एक अध्ययनअनुसार चीनमा मृ त्यु हुने अधिकांश मानिसहरु ए ब्लड ग्रुप छन् ।

साउथ चाइना मर्निङ पोस्टकाअनुसार पनि वुहानमा भाइरस सं क्रमित हुने र भाइरसको लक्षण देखिने धेरै मानिसहरु ए ब्लड ग्रुप देखिन्छन् । ओ ब्लड ग्रुपका मानिसहरु कम सं क्रमित भएको अनुसन्धानले जनाएको छ ।

वुहानमा भाइरसका सं क्रमित हुने २०६ जनाको रगत परिक्षण गर्दा ६३ प्रतिशत ए ब्लड ग्रुपका थिए भने ५२ प्रतिशत ओ ब्लड ग्रुप भएको पाइएको छ । ओ भन्दा ब्लड ग्रुप ए भएका मानिसहरु बढी भाइरस सं क्रमितपछि मृ त्यु भएको अनुसन्धानले देखाएको छ।

ए ब्लड ग्रुप भएका मानिसहरुले सं क्रमण हुनबाट बच्‍न थप सावधानी अपनाउन पर्ने अधिकारीहरुले बताएका छन् । तर ओ ब्लड ग्रुपका मानिसहरुमा कोरोना सं क्रमण हुने कम मात्र जोखिम रहेको जनाएका छन् ।

अहिले अमेरिकामा ४४ प्रतिशत मानिसको ब्लड ग्रुप ओ छ भने ४१ प्रतिशतको ए छ । १ करोड १० लाख मानिस रहेको वुहानमा ब्लड गु्रप ओ भएका मानिस ३२ र ए का ३४ प्रतिशत छन् ।

यो अध्यनन बेइजिङ, वुहान, सांघाइ र सेन्जेन सहरका डाक्टर र वैज्ञानिकहरू मिलेर गरेका हुन् तर यसको यसको ‘पियर रिभ्यू’ हुन अझै पनि बाँकी छ ।

अनुसन्धानकर्ताहरूले अहिलेको अध्ययनले सरकार र स्वास्थ्य संस्थाहरूलाई केही मार्गदर्शन गर्न सक्ने भए पनि यो नै अन्तिम निचोड नभएको बताएका छन् ।

यदि कोही व्यक्ति ओ ब्लड ग्रुप छन् भने पनि उनी भाइरसबाट पूर्ण रुपमा सुरक्षित हुन्छन् भन्‍ने होइन। सबैले सम्पूर्ण सावधानी अपनाउनै पर्छ ।  एजेन्सीको सहयोगमा

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…