अमेरिकन आइडलमा फेरी तहल्का मच्चाए दिवेश पोखरेलले, केटी पेरीले चिच्याएर भनिन ‘मोर – मोर’

काठमाडौँ।  अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली मूलका दिवेश पोखरेलले हलिउडमा दिएको प्रस्तुतीमा तीनैजना जज निकै प्रभावित भएका छन् ।

स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे ।

सुरुमा केटी पेरीले उठेर ‘मोर…’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

आफ्नो प्रस्तुती अघि दिवेश अभिवादन स्वरुप ‘नमस्ते’ भने । दर्शकदीर्घामा रहेकी उनकी दिदी रुपाले नमस्ते भनेर चिच्याउँदा तीनैजना निर्णायकले खुसी भएर उनलाई पुलुक्क हेरे ।

दिवेशले आफ्नो प्रस्तुती निरन्तरता दिँदा निर्णायक मण्डलमा रहेका तीनैजना उभिएर ताली बजाउँदै उनको तालमा ताल मिलाए । जज ल्यूक ब्रायनले त दिवेशसँगै गाए पनि । उनको प्रस्तुतीका बेला दर्शक पनि निकै उत्साहित देखिन्थे ।

प्रस्तुती पछि दिवेशले त्यसलाई निकै राम्रो अनुभव बताए । ‘मैले आफूलाई निर्णायक मण्डल र दर्शकसँग पूर्ण रुपमा जोडिएको महसुस गरेँ । निर्णायकहरु उभिनु भएको थियो र मसँगै गाउँदै रमाइरहनुएको थियो । यो निकै अद्भूत क्षण हो । दिबेशले गएको गित युट्युबमा अपलोड भएको २४ घण्टामै ५ लाख पटक हेरीएको छ भने नेपालमा ट्रेण्डिङ्ग गर्दै छ।

हेर्नुस भिडियो ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…