कतारबाट फर्काइएका सुकपाल गुरुङ भन्छन् , पुलिसले ५ रियाल पर्ने पाइण्ट किन्न जाँदा समात्यो

काठमाडौँ । कतारको औधोगिक क्षेत्र सनैयामा बस्ने गोरखाका सुकपाल गुरुङ बिहीबारको रात्रिकालीन डिउटी सकाएर सुतेका थिए । शुक्रबार कतारको सार्वजानिक बिदा । रातभर डिउटी गरेको हुनाले उनको बिदाको दिन कतै बाहिर निस्कने योजना थिएन ।

शुक्रबार दिउँसा साढे २ बजेको कुरा हो । उनका एकजना साथीले किनमेलको लागि अलअत्तिया बजार जाउँ भनेर अनुरोध गरे । सुकपालले किनमेल गर्नलाई त्यस्तो खासै केही थिएन । उनले त्यसको केही दिनअघि मात्रै घरमा पैसा पठाएका थिए ।

साथीले अनुरोध गरेपछि उनले पनि एउटा पुरानो पाइण्ट किन्ने सोँच बनाउँदै आफूसँग भएको १० रियल साथमा लिएर कचरा मार्केटतिर लागे । ‘सेलरी आएपछि नेपाल पठाइसकेको थिएँ । किन्नुपर्नै त्यस्तो खासै त केही थिएन, उनले भने ‘ कचरा मार्केटमा ५ रियलमा सेकेण्ड ह्याण्ड पाइण्ट पाउँछ भन्ने सुनेको थिएँ । साथीले जाउँ भनेपछि मलाई पनि किन्न मन लागेर त्यहाँ जाँदै थिएँ । ’

अलअत्तिया बजार जसलाई गै रकानुनी बजार भनेर चिनिन्छ। गैरकानुनी बजार भनिएता पनि यहाँ व्यापारीहरुले खुल्ला रुपमै विभिन्न व्यवसायहरु गर्दै आएका छन् । बेलावखत प्रहरीले छा’पा हानेर त्यहाँ किनबेच गर्ने व्यक्तिहरुलाई प क्राउ गरेपनि यो मार्केटलाई पूर्णरुपमा बन्द गराउन सकेको छैन ।

५ रियलको पुरानो पाइण्ट किन्न त्यही कचरा मार्केट हिँडेका सुकपाल त्यो मार्केट सम्म पुग्न भने पाएनन् । सोही कम्पनीमा काम गर्ने अन्य ३ जनाको साथमा गएका सुकपाललाई मार्केट नजिकै पुग्नैलाग्दा कतार प्रहरीले एक्कासी घे रा हा ल्यो । प्रहरीले सुकपाल सहित साथमा गएका अर्का एक जना साथी डिल बहादुर पराजुलीलाई समातेर गाडीमा को च्यो ।

अरबिक भाषामा प्रहरीहरु बोलिरहेका थिए । उनले आफू समात्निुको कारण त्यो बेला बुझन्न सकेनन् । ‘मार्केट पुग्नै लागेका थियौँ । एक्कासी पुलिसले घेरा हालेर समात्यो । अनि तान्दै गाडीमा बस्न लगाएर हातमा ह त्कडी लगाइदियो,’ उनले सुनाए । अन्य दुई जना भने उनीहरुलाई समातेर भ्यानमा हाल्दै गर्दा प्रहरीको आँखा छलेर भागेका थिए ।

प्रहरीले गाडिमा बसाएर उनलाई सनैयाको २ नम्बरस्थित डिपोर्टटेसन सेन्टर (सफर जे ल) मा लगेर राखिदियो । त्यहाँ पुग्दासम्म उनलाई थाहा भएन आफू प क्राउ पर्नुको कारण । सफर जेलमा उनी जस्तै थुप्रै नेपालीसहित अन्य देशका नागरिकहरुलाई जम्मा पारिंदै थियो । उनीहरुलाई २ दिनसम्म त्यहीँ जे ल भित्र राखिएको थियो ।

आइतबार साँझ उनीसहित २ सय ५० जना नेपालीलाई कतारले डिपोर्ट गरि नेपाल फर्काइदिएको छ । उनीहरुलाई सरकारको निर्देशन उ ल्घंन गरेको भन्दै नेपाल फकाइएको हो ।

कतारमा कोरोनाले उग्ररुप लिन थालेको छ। कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न भन्दै सनैया एरियाका कामदारहरुलाई कतार सरकारले बाहिर नहिंडन भनेको थियो । तर, समयमै सूचना नहुँदा सुकपालसहित २ सय ५० जना नेपालीले आफ्नो रोजगारी गुमाएका छन् ।

सुकपाल चप्पल लगाएर मार्केट गएका थिए । उनी सोही चप्पलमै नेपाल आएका हुन् । ‘मलाई थाहा थिएन बाहिर हिंडन रोक लगाएको छ भन्ने कुरा । हामीलाई कसैले भनेको पनि थिएन ।

सूचना पनि कतै आएको देखेको थिएन, काठमाडौ फर्केका सुकपालले भने ‘ बिना गल्ती कतारको पुलिसले पक्रेर चप्पलमा नेपाल पठाइदियो । मलाई सरकारले बाहिर हिंडन् रोक लगाएको भन्ने थाहा भएको भए सरकारी निकायको निर्देशन किन पो उल्घंन गर्ने थिएँ र ? उनले भने ‘सरकारी निकाय र कम्पनीले राम्रोसँग सूचना नदिँदा ठूलै नराम्रो काम गरे जस्तो गरि नेपाल पठाइयो । बिना ग ल्ती स जाय भोगियो ।’

सुकपाल कतारमा नेपालीले नै सञ्चालन गरेको एक कम्पनीमा स्काफोल्डरको काम गर्छन् । उनका अनुसार कम्पनीबाट डेढ महिनाको तलब करिब १७ सय कतारी रियल पाउन बाँकी छ । उनले काठमाडौँ ओर्लिएपछि आफ्नो कम्पनी मालिकलाई फोन गरेर आफ्न्नो बाँकी रहेको तलब पठाइदिन अनुरोध गरेका छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…