कोरोनाभाइरसको डरले भारतमा ७ सय चिकित्सक अस्पतालबाटै बेपत्ता

एजेन्सी : विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको स२न्त्रासबाट चिकित्सक नै  अ१तंकित भएका छन्। भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेको छ।

उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सकविरुद्ध कडा का रवाही हुने जनाइएको छ। मुलुकमा कोरोना भाइरस सं क्रमण बढिरहेको समयमा उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि चिकित्सक विभागले लापरवाही गरेको भन्दै त्यहाँको सरकारले आपत्ति जनाएको छ।

समाचारमा जनाइएअनुसार उत्तर प्रदेशका धेरै जिल्लामा ड्युटीमा रहेका धेरै चिकित्सकले जानकारीबिना नै काम छोडेका छन्। कोरोना भाइरसको ड्यूटीमा रहेका चिकित्सकमाथि निगरानी गर्दा युपीका धेरै जिल्लाका स्वास्थ्य केन्द्रमा करिब ७ सय चिकित्सक ड्युटी बाहिर रहेको पुष्टि भएको हो।

निर्देशनालयले जानकारीबारे सोधीखोजी गर्दा उनीहरु जानकारी बिना नै अस्पताल छोडेको पाइएको हो। सरकारले त्यस्ता चिकित्सकको बर्खास्त प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार हराइरहेका चिकित्सकलाई अर्को एक महिनाभित्र बर्खास्त गरिनेछ।

प्राप्त जानकारी अनुसार चिकित्सकले या त अन्य ठाउँमा काम गर्न थालेका छन् वा उनीहरू कोरोनाको त्रा स मा काम गर्न नसकेको हो। स्वास्थ्य मन्त्री जयप्रताप सिंहले भने अब यी हराइरहेका डाक्टरविरुद्ध कडा का रबाही गर्ने निर्णय गरेका छन्।

नेपालमा कालोबजारी गर्न तम्सिए दलालहरु 

देशभर कोरोनाभाइरसको हल्ला फैलिरहेको बेला सरकार र आम नागरिकलाइ सहयोग गर्नुको साटो तस्करहरु कालो बजारी गर्दैमा व्यस्त छन्। मेडिकल मास्क देखि खाना पकाउने ग्यास सम्म कृतिम अभाव श्रीजना गर्न खोजिदै छ। कोरोनाको बहानामा कालोबजारी बढेको भन्दै सरोकारवालाले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

कालोबजारी नि यन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियमन र नियन्त्रणको काम गरेमा निजी क्षेत्रका संघसंस्थाहरुले सघाउने प्रतिबद्धता समेत जनाएका छन् ।

सोमबार बुटवलमा आयोजित एक साक्षत्कारमा बोल्दै सरोकारवालाले बजारमा मास्क, खाद्यान्न तथा दैनिक उपभोग्य मालसमानको अभाव देखिन थालेको भन्दै त्यस तफै सरकार सचेत हुनुपर्ने बताएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृतिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे ।

कोरोनाका बारेमा वास्तविक सूचना दिन सरकार चुकेको भन्दै उनले वास्तविक सूचना दिन माग गरे । कोरोना नि यन्त्रको लागि सरकारले उचित तयारी गर्न नसकेको उनको भनाइ छ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…