लेवर क्याम्पमा कोरोनाभाइरस भेटिएपछि कतारमा दुइ हजार नेपालीसहित चार हजार क्‍वारेन्टाइनमा

काठमाडौँ । कतारले कोभिड–१९ सं क्रमणलाई थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

त्यहाँ कम्तीमा दुई हजार नेपाली कामदार छन्। कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘हामीलाई राखिएको ठाउँका आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् ।

यहाँका दुईवटा बिल्डिङमा बस्ने दुई जनालाई कोरोना सं क्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,’ क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गरेर गए । रिपोर्ट आइसकेको छैन ।’

क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् । त्यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ । कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो । अब सामान्य लाग्न थालेको छ ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको बताए ।

‘बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन । कम्पनीले कुनै कुराको कमी हुन दिएको छैन । साथीहरूको घरमा पैसा पठाउनु परेमा आफैंले पठाइदिएको छ,’ उनले भने, ‘यो नि गरानीलाई हामीले सकारात्मक रूपमा लिएका छौं ।’

सनैयाकै अर्को क्याम्पमा रहेका झन्डै तीन हजार कामदारलाई बाहिर निस्कन दिइएको छैन । उनीहरूले किनमेल गर्ने बजारमा सं क्रमित भएको कामदार भेटिएपछि सबै कामदारलाई स्वास्थ्य परीक्षण गर्न लागिएको हो । ‘हामी जहाँ किनमेल गर्न जान्थ्यौं, त्यहाँ कोरोना भाइरस लागेको एकजना भेटिएछ ।

त्यो हाम्रो क्याम्पभित्र बस्ने हो कि होइन थाहा भएन । हामी पनि त्यहाँ गएको हुन सक्ने भन्दै हामीलाई काम गर्न र बाहिर जान नदिएको हो,’ एक नेपालीले भने, ‘बाहिर ननिस्केको तीन दिन भयो । हामी आफैंले कोठामा खाना बनाएर खाइरहेका छौं । खानाको अभाव छैन । खानेकुरा हाम्रो क्याम्पभित्रैको पसलमै किन्न पाइन्छ । हाम्रो क्याम्प बोसले छिट्टै स्वास्थ्य जाँचका लागि टोली आउँछ भनेको छ ।’

सनैया क्षेत्रमा मात्रै कम्तीमा चार लाखभन्दा बढी आप्रवासी कामदार बस्छन् । जसमा झन्डै ३० प्रतिशत नेपाली छन् । शुक्रबार बिदाको दिन भए पनि कतारी प्रहरीले कसैलाई क्याम्पबाट बाहिर निस्कन दिएको थिएन । ‘क्याम्पभित्र रहेको गाडीबाट सिधा काम गर्ने साइडमा जाने हो ।

साइडबाट सिधा क्याम्पभित्रै आउने हो। दायाँबायाँ गर्न दिइएको छैन। कोही साथी क्याम्पबाट बाहिर निस्केर हिँडेमा प क्राउ परेका छन्,’ सिरहाका जयसिंह मण्डलले भने, ‘कतिपय साथी परिस्थिति नै बुझ्दैनन्।’

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ सय ३७ जनामा कोभिड–१९ को सं क्रमण देखिएको छ । क्वारेन्टाइनमा राखिएका कामदारहरूमै सं क्रमण देखिएको मन्त्रालयको भनाइ छ । सं क्रमण देखिएकामध्ये चार जना उपचार सफल भएर क्याम्पमा फर्केका छन् । उनीहरू जोर्डनी, फिलिपिनो, इरानी र सुडानी नागरिक हुन् । हालसम्म नेपालीको विषयमा केही सार्वजनिक भएको छैन ।

सार्वजनिक स्वास्थ्य विभागका निर्देशक डा। मोहम्मिद विन हमाद अल थानीले कतारी नागरिक र आप्रवासीबीचको स्वास्थ्य उपचारमा कुनै विभेद नभएको बताएका छन् । उनले भाइरसको सं क्रमण धेरैजसो कामदारमा देखिएको बताए । ‘भाइरसको सं क्रमणलाई निस्तेज पार्न प्रत्येक निकायले सहकार्य गरिरहेका छन्,’ उनले भने ।

औद्योगिक क्षेत्रमा धेरै सघन बसोबास रहेको हुँदा कतारी निकायबाट निगरानी राख्नु स्वाभाविक हो । यो क्षेत्रमा भाइरस फैलिएमा नि यन्त्रण गर्न गाह्रो छ । अन्यत्रभन्दा सनैया क्षेत्रमा बढी निगरानी छ । पछिल्लो समय कामदारबाटै भाइरस सं क्रमण भइरहेको भेटिएको छ । अहिलेसम्म ३ सय ३७ जना सं क्रमित भइसकेका छन् । यहाँ सरकारी अधिकारीहरूले कसैप्रति विभेद गरेका छैनन् ।

कतारको परराष्ट्र मन्त्रालयले १४ देशका राजदूतसँग अन्तरक्रिया गरेको थियो । नेपाली सं क्रमित भए भने हामीले सूचना पाइन्छ कि पाइँदैन भनेर मैले सोधेको थिएँ । त्यतिखेर परराष्ट्रले कामदारको इच्छाविपरीत हामीले सूचना नदिने बतायो । कामदारसँग मोबाइल हुने हुँदा उनीहरू आफैंले सूचना दिन सक्ने जानकारी दिए । हामीलाई अहिलेसम्म कसैले केही भनेका छैनन् ।

यो आपतकालीन अवस्थामा नेपाली कामदारले कतार सरकारले निर्देशन अनिवार्य पालना गर्नुको विकल्प छैन । नेपाली अनुशासित भइदिनुपर्छ । नजा भनेको ठाउँमा गइदिनुहुँदैन । अस्ति भनेको नमान्दा दुई जना नेपाली डिपोर्ट भए । आप्रवासीले आफ्नो समुदायको स्वास्थ्यमा जोखिम बनाइदिनु हुन्न । यसलाई हामीले बुझ्नुपर्छ । मैले सेल्फ आइसोलेसनमा बस्न नेपाली समुदायलाई अपिल गरिरहेको छु ।

कतारको स्वास्थ्य उपचार पद्धति गुणस्तरीय रहेको हुँदा कतारमै बस्नु उचित हुन्छ । त्यसका लागि नेपालमा बस्ने कामदारका परिवारले पनि आफ्ना मान्छेलाई नैतिक सहयोग गर्नुपर्छ । सं क्रमित भएका कोही घर गएमा नेपालको स्थिति भयावह हुन सक्छ । परिवारको स्वास्थ्य सुरक्षाका लागि पनि यो बेला नेपाल गइदिनु हुन्न । कैयौं काम गर्ने साइड बन्द भइसकेका छन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…