कोरोना भाइरसबाट सं क्रमित दुइ नेपालीलाई स्वस्देश फिर्ता ल्याउन छलफल सुरु

३ चैत, यूएई । यूएईमा कारोना भाइरसको सं क्रमण देखिएका २ नेपालीको अवस्था सामान्य रहेको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । अवस्था सामान्य रहे पनि तिनलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे दूतावासले छलफल थालेको छ ।

कारोना सं क्रमण देखिएका २ नेपालीको यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले जानकारी दिएको अनलाइन खबरले लेखेको छ ।

दूतावासले ती कोरोना सं क्रमित नेपालीको अवस्थाबारे त्यहाँको स्वास्थ्य र परराष्ट्र मन्त्रालयमार्फत बुझिरहेको उनले बताइन् ।

कोरोना सं क्रमित २ नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने विकल्पबारे पनि छलफल भइरहेको प्रवक्ता धितालले जानकारी दिइन् । तर, यूएईले आफ्ना देशमा कोरोना देखिएकालाई स्वदेश फर्काउन अहिलेसम्म अनुमति दिएको छैन । उसले यसबारे विभिन्न देशका प्रतिनिधिसँग छलफल गरिराखेको छ ।

प्रवक्ता धिताल यूएई सरकारको कदमपछि नेपाल फर्काएर उपचार गर्ने वा यहीँ राख्ने भन्नेबारे निर्णय लिइने बताउँछिन् ।

यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको सं क्रमण फेला परेको थियो । उनीहरूको परिचय दूतावासले गोप्य राखेको छ ।

नेपालीको मुख्य रोजगार गन्तव्य मानिन्छ, यूएई । चीन उद्गम भएर पुगेको कोरोना त्यहाँ फैलँदो क्रममा छ । हालसम्म त्यहाँका ९८ मानिसमा सं क्रमण देखिएको छ । याे सं क्रमणबाट मृ त्यु भने भएको छैन । यद्यपि, त्यहाँ कार्यरत नेपालीमा त्रास छाएकाे छ । सं क्रमण हुने र रोजगारी गुम्नसक्ने चिन्ता उनीहरूमा छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…