भारतमा कोरोना भाइरसबाट सयभन्दा बढी सं’क्रमित

लखनउ : भारतमा कोविड १९ को सं क्रमण बढेको छ। भारतमा आइतवारसम्म १०८ जना सं क्रमित फेला परेका छन्। सं क्रमितमध्ये १७ जना विदेशी रहेका छन्। हालसम्म भारतमा २ जनाको मृ त्यु भएको छ। भारत सरकारले जनतालाई सतर्क रहन आग्रह गरेको छ। भारत सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याइरहेको छ।

भारतीय अधिकारीले इटाली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन्। कोविड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटालीमा अलपत्र परेका २२० यात्रुलाई भारतको एयर इन्डिया विमानबाट नयाँदिल्ली ल्याइएको छ। उनीहरू आइतबार बिहान नयाँदिल्ली आइपुगेका हुन्।

भारतीय सहायक विदेशमन्त्री भी मुरलीधरणले ट्वीट गर्दै इटालीको मिलानबाट २११ जना भारतीय विद्यार्थी समेत २१८ जनालाई उद्धार गरिएको जानकारी दिएका छन्। विश्वभर अलपत्र परेका जोकोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताएका छन्।

यसैगरी इरानमा अलपत्र परेका २३४ जना भारतीय पनि नयाँदिल्ली आइपुगेका छन्। एयर इन्डियाका दुईवटा उडानबाट ती सबै यात्रुलाई राजस्थानस्थित जैसलमेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिएको छ।

सं क्रमण रोक्न भारत सरकारले विभिन्न उपाय अवलम्बन गरेको छ। धेरैजसो राज्यमा शैक्षिक संस्था र सिनेमाघर मार्च ३१ सम्म बन्द गरिएका छन्। अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन्। मानिसलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ।

भारतमा हालसम्म कोरोनाकै कारण २ व्यक्तिको मृ त्यु भइसकेको छ। तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एकजना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्वीजरल्यान्ड र इटाली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन्।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…