कोरोना भाइरसका विरामी उपचार गर्न आफ्नै होटललाई अस्पताल बनाउँदै रोनाल्डो

एजेन्सी । कोरोना भाइरसको सं क्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । पोर्चुगलमा समेत कोरोनाको सं क्रमण बढ्न थालेपछि रोनाल्डोले विरामीको उपचारका लागि आफ्नै होटललाई अस्पतालमा रुपान्तरण गरेका हुन् ।

रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । रोनाल्डोले होटललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना सं क्रमित विरामीको नि:शुल्क उपचार गर्न लागेको बताईएको छ ।

रोनाल्डोले विरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च नि:शुल्क गर्न लागेका हुन् । उपचारमा सम्लग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले ब्यक्तिगत गर्नेछन् ।

फुटबलमा विश्वभर ख्याती कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण ब्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना सं क्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको सं क्रणम फेला परेको थिएन । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई कोरोना सं क्रमित भएको पृष्टि भएको छ । अहिलेसम्म कसैको ज्या न भने ग एको छैन ।

रोनाल्डिन्होलाई जेलबाट छुटाउन मेस्सीले ४ मिलियन यूरो खर्चने

नक्कली पासपोर्ट प्रयोग गरेको आ रोपमा जे ल परेका फुटबलर रोनाल्डिन्होलाई छुटाउन लियोनल मेस्सीले ४ मिलियन यूरो खर्च गर्ने भएका छन् । ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका हस्ती मानिने खेलाडी रोनाल्डिन्हो केही समयदेखि पराग्वेको जे लमा रहेका छन् ।

बार्सिलोनाका कप्तान मेस्सीले रोनाल्डिन्होलाई जेलबाट छुटाउन ४ मिलियन युरो खर्च गर्ने र मु द्धा लड्न वकिल मगाउने बताएका हुन्। मेस्सीले बार्सिलोनाको सुरुवाती करियरमा रोनाल्डिन्होको साथमा रहेर खेलेका थिए । मेस्सी र रोनाल्डिन्हो मिल्ने साथी हुन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…