हिमेसको भोट १० लाखले बढी छ, अनी कसरि खबपुले जित्छ : सन्तोष पन्त

काठमान्डौ । ‘कमेडी चेम्पियन’को उपाधिमा हिमेश पन्त परेपछि खड्कबहादुर पुन ‘खबपु’का समर्थकले असमर्थ जनाएका छन्। खबपुले जित्नु पर्ने भन्दै उनका समर्थकले विरोध गरेपछि निर्णायक सन्तोष पन्तले हिमेसको भोट दश लाख भन्दा धेरै अन्तरले जितेको दाबि गरेका छन् । भोटमा चलखेल नभएको बताउदै इसेवाको भोट हेर्न समेत आग्रह गरेका छन् ।

खबपुका समर्थकले चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग गरिरहेको बेला निर्णायक पन्तले इसेवाको भोट हेर्न आग्रह गरे, उनले भने ‘हेर्न चाहानु हुन्छ भने इसेवाको भोट छ हेर्नुहोस ।’

पन्तका अनुसार खबपु र हिमेसको भोटमा १० लाखको अन्तर रहेको बताए । उनले भने ‘हामीले हेर्दाखेरी १० लाख भोटको डिफरेन्सको भोट छ’ । उनका अनुसार विदेशबाट आएको भोटमा १ लाख र इसेवाबाट आएको भोटमा ९ लाखको अन्तर रहेको बताए । भोट अधिकार जनतालाई दिएको हुनाले जजहरुको कुनै दोष नरहेको उनले स्पस्ट पारे ।

खबपुलाई हराउन धाँदली भएको भन्दै समर्कथकहरुले कमेडी च्याम्पियन बिरुद्द समेत नारा बाजी गरेका थिए । उनीहरुले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए ।

भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए । इसेवालाई खारेज गर्न नारा जु लुस लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए । खबपु कमेडी च्याम्पियनमा उत्कृष्ट प्रस्तुतिका कारण टप ३ सम्म पुगेका थिए।

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…