रुघाको एक प्रकार हो कोरोना, नेपाललाइ उच्च जोखिममा राखेको सुन्दा मलाई हाँसो उठ्छ : डा. श्रेष्ठ

नेपालन्युजका सुजन श्रेष्ठ र छत्र कार्कीसँग प्रकृतिप्रेमी समूहका संस्थापकसमेत रहेका डा. श्रेष्ठले कोरोनाभाइस सम्बन्धि दिएको सुझाव 

कोराना भाइरस स ङ्‌क्रमण जाडो महिना या मौसम परिवर्तन हुँदा लाग्ने रुघाको एक प्रकार हो। रुघाका लागि कारक मानिएका भाइरस धेरै वर्र्षअघि वैज्ञानिकले पत्ता लगाएका हुन्। तीमध्ये राइनो भाइरस, इन्फ्लुन्जा भाइरस र कोरोना भाइरस प्रमुख हुन्। यीबाहेक अन्य पनि छन्।

यीमध्ये कोरोना भाइरस अलि कमजोर खालकै हुन्छ भनी वैज्ञानिकले बताएका छन्। परम्परागत कोरोना भाइरसबाट लाग्ने रोग रुघाको लक्षणका रूपमा आउँछ, जुन कम हानिकारक मानिँदै आएको छ। तर, अहिले चाहिँ नयाँ खालको देखिएको अवस्था हो, जसलाई कोभिड-१९ (कोराना भाइरस डिजिज) नाम दिइएको छ।

कोरोना भाइरस सन् १९६० देखि नै पत्ता लागेको हो। यसमा अहिलेचाहिँ नयाँ ‘जिन’ आयो कि भन्ने चिकित्सकको अनुमान छ। कहाँबाट आयो, कसरी आयो भन्नेबारे पनि अध्ययन भइरहेको छ।

सुरुमा गत डिसेम्बरमा यो भाइरस चीनको केन्द्रीय भाग हुबेई प्रान्तको राजधानी उहानमा देखिएको हो।

जुनबेला बाहिरी तापक्रम १४ डिग्री सेन्टिग्रेडभन्दा तल पुग्छ, त्यो बेला चिसो बढी महसुस हुन्छ। त्योभन्दा कम तापक्रम भएका बेला यो भाइरस बढी सक्रिय हुन्छ। मानिसको शरीरको तापक्रम सामान्यत: ९८.६ डिग्री फरेन्हाइट (३७ डिग्री सेन्टिग्रेड) हुन्छ। मानिसको श्वाप्रश्वास मार्गमा यो तापक्रम कायम भइरह्यो भने यो भाइरसले काम गर्न सक्दैन।

शरीरको तापक्रम सन्तुलित हुनुपर्छ

जब हाम्रो शरीरको तापक्रम ठेगानमा रहन्छ, श्वासप्रश्वास चलिरहन्छ। श्वास फेर्न कुनै गाह्रो हुँदैन। यो हुँदै आएको, व्यवहारमा देखिँदै आएको र हामीले अनुभव गर्दै आएको विषय हो। यसरी हामीले शरीरको तापक्रम ९८.६ डिग्री फरेन्हाइटभन्दा तलमाथि हुन दिनु भएन, वातावरणको तापक्रम त जति पनि हुनसक्छ, पानी पर्‌यो भने घट्छ, घाम लाग्यो भने बढ्छ।

तर, गर्मी हुँदा पनि भाइरसको स ङ्‌क्रमण नहुने भन्ने चाहिँ हुँदैन, वैशाख-जेठतिर पनि रुघामर्की लाग्न सक्छ, असार-साउनमा पनि रुघा लागेको पाइन्छ। यो चाहिँ शरीरको क्षमतामा भर पर्छ।

यदि हामीले शरीरको क्षमतालाई बलियो राख्यौं भने भाइरसको स ङ्‌क्रमण हुने ‘चान्स’ निक्कै कम हुन्छ, भाइरस आफैंले चाहिँ के गर्न सक्दैन, हामीले स्वागत गर्‌यौं भने आउने हुन्छ। कुनै पनि सरुवा रोग लाग्नको निम्ति तीनवटा कुरा एकै ठाउँमा मिलेको हुनुपर्छ।

स्वास्थ्यसम्बन्धी एउटा फर्मुला छ: ‘एचएइ’। ‘एच’ भनेको ‘होस्ट’ अर्थात् रोगलाई आतिथ्य गर्न तयार व्यक्ति, ‘ए’ भनेको रोगको एजेन्ट र ‘इ’ भनेको इन्भारोमेन्ट (वातावरण)। यी तीनवटै कुरा मिल्यो भने शरीरमा रोग उत्पन्न हुन्छ।

रोगको स्वागत या प्रतिकार मान्छेकै हातमा

शरीरलाई रोगको स्वागत गर्न या प्रतिकार गर्न तयार बनाउने भन्ने मान्छेको हातमा छ। मान्छेले चाहयो भने रोगलाई प्रतिकार गर्नसक्छ, चाहेन भने रोगलाई स्वागत गर्न तयार हुन्छ। सबैजसो सरुवा रोगको नियम यही हो।

कुनै पनि सरुवा रोग मलाई लाग्ला कि भनेर डराउनुपर्ने विषय त्यस्तो होइन, कोराना भाइरस (कोभिड-१९) को मात्र कुरा होइन, कुनै सरुवा रोगले बाघ, भालु, चितुवाजस्ता जङ्‌गली जन्तुले झैं झ म्टिने होइन, यो दन्त्यकथाको राक्षस पनि होइन। जुन मानिसले स्वागत गर्न चाहन्छ, जीवाणु त्यहीँ गएर बस्ने हो।

स्वागत गरेर बस्ने भनेको मनपरी आहार गर्ने, मनपरी विहार गर्ने अनि मनपरी विचार गर्ने एउटा प्रवृत्ति हो। शरीर लथालिङ्‌ग बनाएर रोगसँग ल ड्ने क्षमता भताभुङ्‌ग पार्ने मानिसमा सरुवा रोग सरेको देखिन्छ।

हामीले चाह्यौं भने यसलाई सहजैरूपमा रोकथाम गर्न सकिन्छ, र, लागिसकेपछि पनि कुरा बुझ्यौं भने सहजैरूपमा यसबाट मुक्त हुन सकिन्छ। यो सुरुमा रुघाकै रूपमा प्रकट हुन्छ, जसरी रुघामा श्वासप्रश्वास मार्ग अवरुद्ध हुन्छ, सिँगान बग्छ, त्यसको बेलैमा उपचार भएन भने भित्र गएर खोकी लाग्ने, घाँटी दुख्ने आदि हुन्छ। यसभन्दा पनि जटिलता बढेमा भित्र फोक्सो सुनिने अनि श्वासै फेर्न नसकेर मानिस म र्न सक्छ।

प्रचारबाजीले कोभिड-१९ को सन्त्रास

कोभिड-१९ को सन्त्रास फैलिनुमा यसको प्रचार भएकाले गर्दा हो। रुघाखोकीले वर्षेनी विश्वमा २ लाख ९० हजारदेखि ६ लाख ५० हजार मानिसको मृ त्यु हुने गरेको रेकर्ड छ। अहिले पनि यो भइरहेको छ। सामान्य रुघाखोकीले मृ त्यु भयो भन्ने प्रचार भएको छैन, कोभिड-१९ को स ङ्‌क्रमण भएर यतिजनाको मृ त्यु भयो भनेर दिनका दिन अपडेट भइरहेको छ।

कोभिड-१९ को सन्त्रास फैलिनुमा यसको प्रचार भएकाले गर्दा हो। रुघाखोकीले वर्षेनी विश्वमा २ लाख ९० हजारदेखि ६ लाख ५० हजार मानिसको मृ त्यु हुने गरेको रेकर्ड छ। अहिले पनि यो भइरहेको छ।

अहिलेकै रेकर्डको कुरा गर्दा विश्वभर कोभिड-१९ ले आजसम्ममा १ लाख ४५ हजार ९ सय २ जनामा स ङ्‌क्रमण देखिएको छ, जसमध्ये ५ हजार ४ सय ३८ जनाको मृ त्यु भइसकेको छ। ७२ हजार ५ सय ५३ स ङ्‌क्रमित सहजै निको भइसकेका छन्। ६७ हजार ९ सय ११ जनामा अझै स ङ्‌क्रमण जारी छ, त्यसमध्ये ५ हजार जनामा चर्को स ङ्‌क्रमण देखिएको छ। अरु चाहिँ सजिलै निको हुने क्रममा छन्।

क्रिटिकल अवस्थामा पुग्ने बिरामीको सङ्ख्या हिजोभन्दा आज घटेको छ। रोग लागेकामध्ये पहिले १५ प्रतिशत जटिल अवस्थामा थिए, अहिले चाहिँ त्यो सङ्ख्या १३ प्रतिशतमा झरेको छ। हिजो र आजको तथ्याङ्‌क तुलना गर्दा स ङ्‌क्रमणको चर्कोपना कम भएको देखिन्छ।

यसरी हामी आत्तिएर, डराउनुपर्ने काम कुनै पनि हालतमा गर्नु जरूरी छैन। आत्तियोे भने त उल्टै रोग प्रतिरोधात्मक क्षमता घट्छ। त्यसैले गर्नुपर्ने काममात्र गर्नुपर्छ, अनावश्यक त्र सित हुनुहुँदैन।

के गर्ने त?

हाम्रो शरीरलाई ठिक तापक्रममा राख्नुपर्छ। आफ्नो शरीरको हालत ठिक राख्नुपर्छ। यसका लागि खानपिनमा मुख्य ध्यान दिनुपर्छ। राज्यबाट प्रचार भएको छ, तर खानपिनको कुरै भएको छैन। हात नमिलाउनु मात्र भनिएको छ, हात त फोहोर भएपछि मात्र नमिलाउने हो नि, सफा हात त मिलाउनै नपाइने त होइन।

मास्क लगाउनु भनेको छ, स्वस्थ मानिसले घरभित्र बस्दा या स्वच्छ वायुमा हिँड्दा मास्क लगाउनु जरूरी छैन। जहाँ धुलो छ, धुवाँ छ, त्यहाँ मात्र मास्क लगाएर हिँड्ने हो। स ङ्‌क्रमित मान्छेले खोकिरहेको छ, हाच्छियुँ गरिरहेको छ, मास्क लगाएर एक मिटर टाढै बस्दा स ङ्‌क्रमणबाट बच्न सकिन्छ। हावामा रहेका ब्याक्टेरियालाई त हाम्रो चानचुने मास्कले छेक्दैन।

अहिले जुन कोभिड-१९ भाइरस भनिएको छ, त्यो हावाबाट होइन, खकार र सिँगानको छिटाबाट सर्छ भन्ने तथ्य विश्व स्वास्थ्य सङ्‌गठनले ल्याएको छ। खकार र सिँगानको छिटा आफ्नो शरीरमा पर्न दिनुभएन। नाक वा मुखमा पर्ने अवस्था छ भने त्यसलाई मास्क लगाएर छोप्नुपर्‌यो।

तर, त्यही मास्क सधैं लगाएको लगायै गर्‌यो भने मास्कभित्र हावा गुम्सिन्छ, त्यसैबाट श्वास लियो भने स ङ्‌क्रमण हुनसक्छ। मास्क चाहिँ सफा हुनुपर्छ। एकचोटी मास्क प्रयोग गरेपछि त्यसलाई दोहोर्‌याएर प्रयोग गर्नु हुँदैन।

सफा गरेर मात्र मास्क प्रयोग गर्नुपर्छ या नयाँ मास्क प्रयोग गर्नुपर्छ। स्वस्थ मानिसले सामान्यत: वायुमा हिँड्दा मास्क प्रयोग गर्नुपर्दैन। घरभित्रै आफ्नो वातावरणमा रहँदा मास्क प्रयोग गर्नुपर्दैन। बिरामीसँगको सम्पर्कमा रहनेले मात्र मास्क प्रयोग गर्नुपर्छ।

बिरामीले पनि स्वस्थ मानिससँग सम्पर्कमा अउने बेलामा मात्र मास्क लगाउँदा बेस हुन्छ। यसरी गुम्सिरहनु जरूरी छैन, गुम्सिएको हावा झन् खत रनाक हुन्छ। गुम्सिरहनु जरूरी छैन, गुम्सिएको हावा अझ खतरनाक हुन्छ।

कोरोनाबाट बच्न आहार, विहार र विचार परिवर्तन गर्नैपर्छ

विश्व स्वास्थ्य सङ्‌गठनले नेपाललाई कोभिड-१९ को उच्च जोखिममा राखेको छ। यो सुन्दा मलाई हाँसो उठ्छ। नेपाल चीनको छिमेकी भयो भन्दैमा उच्च जोखिममा हुन्छ र, चीनको मध्यभागको हुबेई प्रान्तको उहानमा सबैभन्दा पहिले कोभिड-१९ देखापरेको थियो, जुन नेपालबाट हजारौं किलोमिटर टाढा छ। यसले गर्दा आत्तिनुपर्ने जरूरी छैन। उहानको कूल जनसङ्ख्या १ करोड १० लाख छ, त्यसमध्ये ८० हजारजतिलाई मात्र यो स ङ्‌क्रमण देखिएको छ। बाँकी जनसङ्ख्यामा यो स ङ्‌क्रमण देखिएको छैन।

रोग भाइरस, ब्याक्टेरियाभन्दा पनि तिनीहरुका लागि जुन अनुकूल वातावरण बन्छ, त्यसले गर्दा रोग विकास हुने हो। अहिलेको रोग पनि भनिएको छ नि एसिम्टोमेटिक, भाइरस देखिएको छ, सिम्पोटम केही पनि देखिएको छैन।

यो सबैलाई खान हिँडेको दन्त्यकथाको राक्षस होइन, चिडियाखानाबाट भागेर हिँडेको सिंह पनि होइन, बाघ-भालु पनि होइन, चितुवा पनि होइन, यो कुरा सरकारले स्पष्ट गरिदिनुपर्‌यो। यसबाट आत्तिनु जरूरी छैन। सरकारले कफ्र्यु आदेश जसरी घरबाटै निस्कनु हुँदैन भनेर सन्देश फैलाउनु ठिक होइन। घरघरमा आएर कोरोनाले केही गर्ने होइन, यसले ट्याप्पट्याप्प आ क्रमण गर्ने पनि होइन भनी सरकारले जनतालाई ढाडस दिन सक्नुपर्छ।

आफ्नो आहार, विहार र विचारमा ख्याल गर्‌यो भने शरीरको रोग प्रतिरोधात्मक तगडा रहन्छ, उचित आहार, विहार र विचार गर्नुपर्‌यो भनी सल्लाह दिनुपर्छ।

हामी प्रकृतिप्रेमी समूहले भन्दै आएको कुरा, सबै मानिसको चासोको विषय के हो भन्दाखेरि आहार उचित गर्नुपर्छ, विहार उचित गर्नुपर्छ, विचार उचित गर्नुपर्छ, यति गर्‌यो भने मानिस सबै किसिमका रोगबाट बच्न सक्छ, रोग प्रतिरोधात्मक क्षमता बढ्छ, लागिसकेपछि पनि आहार, विहार र विचार गर्‌यो भने रोग हटाउनु ठूलो कुरा होइन। मुटरोगबाट बच्न सकिन्छ, प्रेसरबाट बच्न सकिन्छ।

अहिले विश्वमा सबैभन्दा बढी मानिस मुटु, प्रेसरको रोगबाट मरिरहेका छन्। वर्षमा विश्वभर १ करोड ७६ लाख मानिस मुटु र प्रेसर रोगबाट म रिरहेका छन्। उचित आहार, विहार र विचार गर्‌यो भने, तौललाई ठेगानमा राख्यो भने त्यस्ता रोगबाट बच्न सकिन्छ। चिल्लो, माछामासु, दुग्ध पदार्थ मनपरी खाएन भने। अहिले स ङ्‌क्रमण बढिरहेका बेला माछा-मासु, दुग्ध पदार्थ खायो भने जोखिम बढी हुन्छ। खानामा भएको चिल्लो अनि मल अड्काउने खालका तत्त्वले शरीरमा विकार जम्मा गर्छ।

जुन शरीररमा कफरूपी विकार जम्मा हुन्छ, त्यही शरीरमा यस्ता रुघा लगाउने खालका, श्वासप्रश्वास मार्गमा स ङ्‌क्रमण गर्ने खालका भाइरस बास बस्छन्। वास्तवमा, विकार जम्मा भएपछि भाइरस आउने हो, भाइरस आएर विकार जम्मा हुने होइन। वास्तविकता चाहिँ यो हो।

भाइरोलोजी वा ब्याक्टेरोलोजीको अध्ययन गर्नेहरूले पनि यही कुरा भनेका छन्। रोग भाइरस, ब्याक्टेरियाभन्दा पनि तिनीहरुका लागि जुन अनुकूल वातावरण बन्छ, त्यसले गर्दा रोग विकास हुने हो। अहिलेको रोग पनि भनिएको छ नि एसिम्टोमेटिक, भाइरस देखिएको छ, सिम्पोटम केही पनि देखिएको छैन।

यसको कारण के हो त भन्दा व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता छ। रोगीको स ङ्सर्गमा जाँदा भाइरस देखियो, उसको शरीरमा केही देखिएन। उसले रोग प्रतिरोधात्मक क्षमता कायम राख्यो भने उसलाई रोग लाग्दैन। भाइरस केही समयपछि आफ्नो बाटो लाग्छ। यो हो अवस्था। त्यसकारण भाइरस आउँदैमा रोग लाग्ने होइन। रोग प्रतिरोधात्मक क्षमता बढाएमा कुनै रोगले आ क्रमण गर्न सक्दैन।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…