चारजना अपर्वासी कोरोनाभाइरस रोगबाट निको भए : कतार

कोरोनाभाइरसबाट अति जोखिम मानिएको कतारमा यस भाइरसबाट बिरामी परेका चार अपर्वासी कामदार निको भएर सामान्य अवस्थामा फर्किएको कतार स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ। भाइरस मुक्त हुने चारजना विरामी क्रमस: जोर्डन, इरान, फिलिपिन्स र सुडानका नागरिक रहेको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

कोरोनाभाइरसबाट मुक्तहुने चारजना मध्य सबैको इरानसंग सम्बन्ध रहेको सरुवा रोग केन्द्रकी डाइरेक्टर डा. मुना अल मस्लामिनीले बताउनु भयो। फिलिपिन्सका नागगरिक हालै इरान भ्रमण गरेका थिए, इरानी नागरिक घर विदा गएर फर्केका थिए भने बाँकि दुइजना संक्रमित व्यक्तिको निजीक सम्पर्कमा रहेका कारण सबैमा भाइरस फैलिएको डा. मुना अल मस्लामिनीले बताउनु भयो।

कतारमा हाल देशी विदेशी गरि कुल ३३४ कोरोना भाइरसबाट सं क्रमित भएका छन्। सं क्रमित कसैको पनि अवस्था नाजुक नरहेको कतार अधिकारीहरुले बताएका छन्। कतारमा कुल ७ हजार जनालाइ कोरोना भाइरसको परिक्षन गरिएको थियो जसमध्य अधिकांसमा भाइरसको लक्ष्यन देखिएको थिएन।

कतारमा सनिबार मात्रै १७ जना कोरोनाभाइरसका विरामी थपिएका छन्। भाइरसबाट विरामी परेका सबैलाई क्वारेन्टाइनमा राखिएको छ। कतारमा भाइरसका कारण हालसम्म कसैको पनि मृत्यु भएको छैन, तथापी कतार सरकारले सार्वजनिक कार्यक्रमहरु पूर्णरुपले बन्द गरेको छ भने १४ वटा एशियाली देश, ४ वटा युरोपेली देश र सुडानबाट यात्रागर्न प्रतिबन्ध लगाएको छ।

कतारमा हाल सम्म कुनै पनि नेपाली नागरिकमा कोरोना भाइरस सं क्रमण भएको समाचार आएको छैन। यद्यपि, नेपाली दुतावासले उच्च सतर्कता अपनाउन बारम्बार विज्ञप्ति जारि गर्दै आएको छ। कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु बस्दै आएका छन्। कतारमा सानो क्षेत्रम धेरै जनसंख्या बस्ने भएकाले भाइरसको जोखिम धेरै हुने विश्वास गरिएको छ।

पछिल्लो समय कतार सरकारले लेबर क्याम्पको निरक्षनमा तिव्र जोर दिएको छ। सरकारले सार्वजनिक गरेको प्रोटोकल हरेक क्याम्पले पालना गरे नगरेको निरक्षन गरिरहेको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…