कोरोना भाइरस : ‘म’र्न परे आफ्नै देशमा म र्छु’ भन्दै फर्किए नेपाली

विराटनगर : भारतको विहारस्थित पूर्णियाको कम्प्यूटर पसलमा काम गर्दै आएका मोरङ बेलबारीका राजेश मिश्रा एक महिनाका लागि शुक्रबार घर फर्किए। गत दसैंमा घर आएका राजेश अर्को दसैंमा मात्रै घर आउने तयारीमा काममा गएका थिए तर कोरोना भाइरसको सं क्रमण भारतमा समेत बढ्न थालेपछि उनी घर फर्किएका हुन्।

विराटनगरस्थित शुक्रबार जोगवनी नाकामा भेटिएका राजेशले भने, ‘भारतमा भाइरस फैलँदैछ, के थाहा आफूलाई पनि लागे न घर भेटिन्छ न त परिवार नै, म रे पनि घरमै म र्न पाइयोस् भनेर बिदा लिएर घर आएको हुँ।’

सं क्रमण घटे एक महिनापछि काममा फर्कने नत्र कामै छोडिदिने उनी बताउँछन्। ‘भारतभन्दा नेपाल सुरक्षित लाग्यो, नेपालमा सं क्रमण देखिएको छैन, बिरामी भइहाले पनि परिवारसँग भइन्छ’, उनले भने।

राजेशजस्तै भारतमा रहेर मजदुरी गर्ने नेपाली अहिले धमाधम नेपाल फर्कदैछन्। प्रदेश १ को सीमा नाका भएर नेपाल फर्कर्नेको लर्को देख्दा दसैं तिहारको जस्तो झल्को आएको विराटनगर ८ का स्थानीय सुरज पौडेल बताउँछन्।

‘जोगवनी समान किन्न गएको, बाटोमा फर्कनेको लाइन, त्यो पनि रेल आएको समयमा त यो ठाउँमा खुट्टा टेक्ने ठाउँसमेत हुँदैन’, उनले भने, ‘कोरोनाको डरले धेरै नेपाली काम छाडेर स्वदेश फर्किए।’

झापाको काँकडभिट्टा र मोरङको जोगवनी नाकामा स्थलमार्ग हुँदै आउने यात्रुको चाप ह्वातै बढेको नाकामा खटिएका सुरक्षाकर्मी बताउँछन्। ‘जोगवनी–फारवीसगञ्ज सडक खण्ड भएर दैनिक हजारौं नेपाली फर्किरहेका छन्’, जोगवनी नाकामा खटिएका एक सशस्त्र प्रहरीले भने, ‘अहिले ट्रेनबाट फर्कनको संख्या पनि उच्च छ।’

गत सातादेखि नेपाल फर्कनेको चाप बढेको जोगवनी नाकामा नेपाल भित्रनेको स्वास्थ्य परीक्षणमा खटिएकी अहेव दिलमाया परियारले बताइन्।

‘फागुन २०/२१ गतेसम्म यस्तो चाप थिएन, पछिल्लो ३/४ दिनदेखि ठूलो संख्यामा भारतमा काम गरिरहेका नेपाली नेपाल फर्कन थालेको भेटियो’, अहेव परियारले भनिन्, ‘धेरै चाप बढेकाले स्वास्थ्य परीक्षण गर्न पनि दिनभर भीड हुन्छ।’ चाप बढेपछि स्वास्थ्यकर्मीलाई सशस्त्र र नेपाल प्रहरीले सहयोग गर्न थालेका छन्।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…