अमेरिकी सेनाको कारण वुहानमा कोरोना भाइरस फैलिएको हो : चीन

काठमाडौं । अमेरिकी सेनाका कारण वुहानमा कोरोना भाइरस फैलिएको चीनले बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चीनमा कोरोना भाइरस कोभिड-१९ को कारक अमेरिकी सेना भएको बताएका हुन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् अमेरिकी सेनाले हुबेईको वुहानमा कोरोना भाइरस भित्र्याएको आरोप लगाएका हुन् ।

शुक्रबार बिहान चाओले क्यानडेली कन्सपाइरेशन वेबसाइटले उल्लेख गरेअनुसार कोरोना भाइरस चीनको समुद्री खानाबाट नफैलिएको बताएका छन् ।

वेबसाइटले यो भाइरस अमेरिकामा निस्किएको दाबी गरेको थियो । आधिकारिक एकाउन्टबाट ट्वीट गर्दै चाओ यसले आफूले यसअघि विश्वास गर्दै आएको कुरालाई पनि परिवर्तन गरिदिएको बताए ।

यस विषयमा चीनस्थित अमेरिकी दूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन । गत अक्टोबरमा चीनको वुहानमा इन्टरनेशनल मिलिटरी वर्ल्ड गेम्स आयोजना गरिएको थियो, यसमा अमेरिकी सेनाले पनि भाग लिएको थियो । अहिले लगाइएको आरोप सोही प्रतियोगितासँग जोडिएको बताइएको छ ।

चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरस पाइएको थियो । अहिले यसको सं क्रमण विश्वका १२४ मुलुकमा फैलिसकेको छ । यसबाट मृ त्यु हुनेको संख्या पनि ५ हजारको हाराहारीमा पुगेको छ ।

कोरोना भाइरसलाई रासायनिक प्रयोगकशालामा जै विक ह ति यारको रुपमा प्रयोग गर्न बनाइएको हल्ला पनि फैलिएको थियो । तर, यो हल्ला निराधार रहेको वैज्ञानिकहरुले बताएका छन् ।

चाओले ट्वीटरमा गरेको पोष्टमा अमेरिकाले यस विषयमा पूरा जानकारी नदिएको भन्दै पारदर्शीता देखाउँदै सबै विवरण दिनुपर्ने बताएका छन् ।

अहिले अमेरिका कोभिड-१९ रोक्न संघर्ष गरिरहेको छ । लामो समयदेखिका दुई प्रतिस्पर्धीको रुपमा रहेका चीन र अमेरिकाले एक अर्काको आलोचना गर्दै आएका छन् ।

चिनियाँ स्थानीय सञ्चारमाध्यमले अमेरिकाले शुरुमा कोभिड-१९ वि रुद्ध ल ड्न सहयोग नगरेको, पछि यसलाई चीनविरु द्ध हल्ला फैलाउन सहयोग गरेको र अहिले आफैंले पनि यसलाई रोक्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।

चिनियाँ कूटनीतिक अधिकारीले पछिल्लो समय चीनले कोरोना भाइरस नियन्त्रणको लागि चालेको कदमको बचाउ गर्दै आएका छन् ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…