कोरोनाभाइरसका कारण विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि क्‍वारेन्टाइनमा

लिस्बोन : विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण विश्व चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो पनि ‘सेल्फ क्‍वारेन्टाइन’मा जानु परेको छ।

आफ्नो टोलीका एक खेलाडीमा कोरोना भाइरसको सं क्रमण पुष्टि भएपछि विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो आफ्नै घरमा ‘सेल्फ क्‍वारेन्टाइन’ मा बसेका हुन् । इटालियन क्लब युभेन्टसका खेलाडी ड्यानियल रुगानीमा कोरोना सं क्रमण पुष्टि भएको द सनले उल्लेख गरेको छ।

रोनाल्डोले आइतबार इन्टर मिलानविरुद्ध खेल्ने क्रममा रुगानीसँग एउटै ‘ड्रेसिङ रुम’ प्रयोग गरेका थिए। रुगानीसँगको नजिक सम्पर्क कारण उनलाई समेत कोरोना सं क्रमण हुन सक्ने आशंकामा उनलाई क्‍वारेन्टाइनमा राखिएको हो। आइतबार भएको खेल युभेन्टसले २–० ले आफ्नो पक्षमा पारेको थियो।

कोरोना : राष्ट्रसंघले भन्यो, ‘शान्ति सेना नपठाऊ

कोरोना भाइरसको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ। उनीहरू यसै महिना जाने तयारीमा थिए।

राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरू रोकिएको बताए। ‘शान्ति मिसनका लागि दक्षिण सुडान जान हाम्रो टोली तयारी अवस्थामा थियो’, सैनिक प्रवक्ता पाण्डेले भने, ‘अर्को निर्णय आउनेबित्तिकै उनीहरू जान्छन्। राष्ट्रसंघको आग्रहमा तत्काल सेना नपठाउने निर्णय गरेका हांै।’

राष्ट्रसंघको निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यावधि केही लम्बिएको छ। नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्। राष्ट्रसंघले अर्को निर्णय नगरुन्जेलसम्म त्यहाँ पुरानै टोलीले काम गर्नेछ।

राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ।

पछिल्लो तथ्यांकअनुसार राष्ट्रसंघका विभिन्न मिसनमा पाँच हजार ९६ जना सैनिक अधिकारी तैनाथ छन्। राष्ट्रसंघको आग्रहमा नेपाल प्रहरीका २ सय ३९ र सशस्त्र प्रहरीका ३ सय ६४ जना विभिन्न शान्ति मिसनका काम गर्दै आएका छन। नेपाली सेनाले सन् १९५८ मा संयुक्त राष्ट्रसंघीय कार्यक्रमअन्तर्गत पहिलोपटक लेबनानमा पाँचजना सैनिक पर्यवेक्षक पठाएको थियो।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…