कोरोनाको कारण ‘कतार आइडी’ सकिएर पनि कतार जान नपाएकाहरुलाई अर्को भिसा नचाहिने

पछिल्लो समय कतारमा कोरोनाभाइरसबाट सं क्रमन हुनेको संख्या तिव्र रुपले बढ्न थालेपछि कतार सरकारले नेपालीसहित अन्य १४ वटा देशबाट यात्रा नागरिकलाइ प्रवेश नि’षेध गरेको छ। कतारमा हालसम्म  कोरोनाभाइरसबाट सं क्रमण हुनेको संख्या २६२ भएको पुष्टि भइसकेको छ।

कोरोनाभाइरसका कारण कतार जान नपाइ कतारी ‘आइडी कार्ड’को म्याद सकिएकाहरुलाई निषेधाज्ञा हटेपछि पुनः कतार प्रवेशमा रोक नलगाउने कतार सरकारले जनाएको छ।

कतारको नियम अनुसार आइडीको म्याद सकिए अथवा देशबाहिर ६ महिना भन्दा धेरै बसेको खण्डमा कतार प्रवेशगर्न पुनः अनुमति ल्याउनुपर्ने व्यवस्था छ।  यद्यपि, कोरोना भाइरसकै कारण रोकिएकाहरुलाई भने पुरानै डकुमेन्टको आधारमा यात्रा गर्न पाइनेगरि सरकारले सहुलियत दिने भएको छ ।

कोरोनाभाइरसको अति जो खिम मुलुकलाइ कतारले अस्थाई रुपमा प्र’तिबन्ध लगाएको थियो। कतारले नेपालसहित, भारत, चीन, बंगलादेश, इजिप्ट, इराक, इरान, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिन कोरिया, श्रीलंका र थाईल्याण्डमाथि अस्थाई प्र’तिबन्ध लगाएको छ।

खाद्यनको समस्या नहुने

कोरोना भाइरसको त्रासका कारण बजारमा खाद्यबस्तु खरिद गर्नेको संखय बढेपछि कतार वाणिज्य तथा उद्योग मन्त्रालयद्वारा खाद्यानको विषयलाइ लिएर त्रसित नहुन अनुरोध गरेको छ। कतारलाइ लामो समस्य सम्म पुग्ने खाद्यान कतारमै संचित रहेकाले जथाभावी खरिद नगर्न मन्त्रालयले भनेको छ। अभाव हुने डरले अधिक मात्रामा खरिद गरिएका बस्तु प्रयोग नहुने भएकाले धेरै बस्तु एकै पटक खरिद नगर्न सरकारले भनेको हो ।

 कामदार बस्ने ठाउँ परिक्षण गरिने

कतारमा कार्यरत अपर्वासी कामदार बस्ने ठाउँको परिक्षण गरिने भएको छ। कोरोनाभाइरसबाट बच्न कत्तिको सतर्कता अपनाईएको छ छैन भन्ने विषयमा कतार प्रशासनिक, श्रम तथा सामाजिक मामिला मन्त्रालयले हरेक लेबर क्यामको निरक्षन गर्ने जनाएको हो । कतारमा एउटा क्याम्पमा सयौंको संख्यामा कामदार बस्ने भएकाले कोरोना भाइरसको जोखिम उच्च हरेको छ। मन्त्रालयले मस्जिद, मेसहाल जस्ता भिडभाड हुने ठाउँमा अधिक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…