युट्युबरको व्यापार : घरझ गडाको भिडियो, फोन र क्यामेरा तेर्साएर जबरजस्ती प्रश्न

केही समय अगाडि नायिका नम्रता सापकोटाले आफ्नो फेसबुकमा एउटा भिडिओ पोस्ट गरिन्।

भिडिओमा उनले युट्युब र फेसबुकमा घरझ गडाको भिडियो बनाएर हाल्ने प्रवृतिप्रति आफ्नो धारणा राखेकी थिइन्।

‘कसैको घरमा भएको झैं’झगडाको भिडिओ बनाएर पोस्ट गर्ने, बोल्न नमाने पनि जबरजस्ती प्रश्न सोधेर बोल्न लगाउने, यो सबै गलत हो,’ उनले भिडिओमा भनेकी छिन्।

उनले पोस्ट गरेको भिडिओमा धेरैले सही थापे। कतिले सेयर गरे। केहीले भने फरक धारणा पनि राखे।

‘भिडिओमा आएको सबै कमेन्ट हेरें। धेरैलाई यो विषयमा बोल्न मन लागेको रैछ,’ उनले भनिन्।

उनले सो भिडिओ योजनाअनुसार बनाएकी थिइनन्। खोकीका कारण घरमै आराम गरेर बसिरहेका बेला उनको ध्यान फेसबुकको एउटा भिडिओले खिच्यो।

भिडिओमा क्यामेराहरूले एकजना आमालाई घरेको थियो। फेसबुकमा पूरा भिडिओ थिएन। कौतुहलता भएपछि उनले युट्युबमा भिडिओ हेरिन्।

भिडिओ सम्झिँदै उनले भनिन्, ‘फोन र क्यामेरा तेर्साएर आमालाई जबरजस्ती प्रश्न सोधिएको रैछ। अर्काको घरको व्यक्तिगत विषयमा घुसेको देखेर मलाई चित्त बुझेन।’

त्यसपछि उनले यस्तो कुरा बोल्नैपर्छ भन्ने ठानिन्। बिरामी भएकै अवस्थामा उनले तीन मिनेटको भिडिओ बनाएर आफ्नो फेसबुक र इस्टाग्राममा पोस्ट गरिन्।

‘भिडिओ पोस्ट गरेपछि धेरैले राम्रो भन्नुभयो। यस्तो विषयमा कसै न कसैले त बोल्नैपर्थ्यो,’ उनले भनिन्।

उनले युट्युब र फेसबुकमा अर्काको घरको व्यक्तिगत विषयबारे जबरजस्ती बनाएको भिडिओ आफूलाई चित्त नबुझ्ने बताइन्।

कसैले बोल्न नचाहँदा पनि हात समातेर बोल्न लगाएर भिडिओ बनाउनु गलत रहेको उनको तर्क छ।

‘हामीलाई सहयोग गर्न मन लागेको हो भने प्रहरीलाई खबर गर्न सक्छौं तर त्यसरी फोन तेर्साएर अर्काको व्यक्तिगत जीवन खोतलेर भिडिओ बनाउनु गलत हो,’ उनले भनिन्।

उनले यस्तो प्रवृति समाजिक सञ्जालमा धेरै मौलाएको बताइन्। बाटोमा हिँड्दा बिनाअनुमति केटीहरूको भिडिओ खिचेर हाल्ने कुरा पनि आफूलाई चित्त नबुझ्ने उनले सुनाइन्।

‘यस्तो कुरालाई हामी किन प्राथमिकता दिएका छौं। किन यसबारे कोही बोल्दैनौं,’ उनले प्रश्न तेर्साइन्। सामाजिक सञ्जालमा साना केटाकेटीहरूको भिडिओ हाल्ने प्रवृति पनि उनलाई चित्त बुझ्दैन।

आफूले पछिल्लो समय साना केटाकेटीहरूलाई जोडेर अनावश्यक भिडिओहरू बनाउने चलन रहेको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले पो त्यो बच्चालाई केही थाहा हुँदैन र बोल्छ। तर त्यो कुरा त सधैं इन्टरनेटमा रहन्छ। जब ऊ ठूलो हुन्छ उसको परिवार हुन्छ, त्यो कुराले त उसलाई असर गर्छ होला नि।’

पहिले यस्तो भिडिओहरू हेर्ने नगरेको भए पनि अहिले यस्तो कुरामा आफ्नो ध्यान तानिएको उनले सुनाइन्। उनले अहिले ट्रेन्डिङमा आउने विषयहरू अधिकांश गलत हुने बताइन्।

उनले अहिले धेरैको ध्यान नै विषयको मर्मभन्दा पनि त्यसलाई कसरी टेन्ड्रिङमा ल्याउने भन्नेमा रहेको उनको बुझाइ छ।

‘उहाँहरूको पनि रोजगारीको कुरा होला। युट्युबबाट पनि राम्रै आम्दानी हुन्छ भन्छ तर त्यो भन्दैमा कसैको व्यक्तिगत कुरालाई सार्वजनिक गरेर अरूलाई हानी त गर्नुभएन नि,’ उनले भनिन्।

पछिल्लो समय अनलाइन मिडियाहरूको बिगबिगी रहको भन्दै उनले हरेक हप्ता नाम नै नसुनेको अनलाइन मिडियाहरूमा ट्रेन्डिङ भिडिओ रहने बताइन्।

‘तर ट्रेन्डिङमा आउने त्यस्ता भिडिओहरू केवल अर्काको व्यक्तिगत र परिवारको कुरा हुन्छ। यो सबै पब्लिसिटीको लागि त होला नि।’

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…