आर्थिक अवस्था कमजोर भएकालाई सहयोगका नाममा धर्म परिवर्तन गर्न बाध्य पार्नेलाई जिल्ला निकाला

गोरखा : अवैध रूपमा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी र ताइवानी नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाबाट निस्कासन गरेको छ। फर्जी प्रवेशाज्ञाको प्रयोग गरी लामो समयदेखि जिल्लामा धर्म प्रचार गर्दै आएका ४ जना जापानी र २ जना ताइवानीलाई जिल्ला छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

गोरखामा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी नागरिक छिनो छिखारा, चिनो कान्को, मिसा तोमिनागा र बोली तोमिनागालाई जिल्ला छाड्न निर्देशन दिएको प्रजिअ पौडलले बताए। निर्देशन पाएलगत्तै उनीहरूले जिल्ला छाडिसकेको पौडलले जानकारी दिए।

यस्तै, ताइवानका ३६ वर्षीय सिनचेङ मेङ र २३ वर्षका ग्वान टिङ उलाई र कोरियाली नागरिक अन्नोन सुकलाई जिल्ला छाड्न निर्देशन दिएको उनले बताए। ‘ताइवानी नागरिकलाई पनि जिल्ला छाड्न निर्देशन दिइसकेका छौं। केही दिनभित्रै उनीहरूले पनि निर्देशन पालना गर्ने विश्वास छ,’ प्रजिअ पौडेलले भने।

प्रशासन स्रोतकाअनुसार छिनो कान्को छिखारा कोडिपेन्डेन्ट भिसामा बस्दै आएका हुन्। उनको काम पनि सँगै धर्म प्रचार गर्ने हो। उनीहरू गोरखा नगरपालिका–७ मा रहेको योहोब्वाको साक्षी (चर्च) मा बाइबल पढ्ने, भाषण गर्ने, स्थानीयलाई जम्मा पारेर धर्म प्रचार गर्ने गर्छन। मिसा टोमिनागा पर्यटक भिसामा गोरखा आएर धर्म प्रचार गरिरहेको पाइएको छ।

उनले गोरखा नगरपालिका–७ सतिपिपलमा एक स्थानीयको घर भाडामा लिएर बस्दै आएका छन्। मिसा आफैंले धर्म प्रचार गर्ने गरेको स्विकारेका छन्। सोरी टोमिनागा पनि पर्यटक भिसामा आएका हुन्। हरेक वर्ष छ देखि सात महिना नेपाल र बाँकी समय जापान जाने गर्दै आएका उनी भिसा नवीकरण गरेर फर्कने गरेको बताएका छन्। विगत लामो समयदेखि यस्तो क्रम चलिरहेको उनको भनाइ छ।

उनीहरूले जिल्लाका क्रिश्चियन धर्म प्रचारकसँग सम्पर्क गरी काम गरिरहेका छन्। आर्थिक अवस्था कमजोर भएकाहरूलाई विभिन्न सहयोगका नाममा धर्म परिवर्तन गराउन बाध्य पार्ने गरेको स्थानीयको आरोप छ। मोटरसाइकल लिएर चर्चमा धाउने, पास्टरकहाँ आउजाउ गर्ने क्रियाकलापमा यो समूह सक्रिय छ। पर्यटक भिसामा आएकाहरू भ्रमण गर्न जाँदैनन्। विद्यार्थी भिसामा आएकाहरू कलेज नै जाँदैनन्।

गोरखाको गण्डकी गाउँपालिकामा कोरियाली नागरिक अन्नोन सुक ६ वर्षदेखि धर्म प्रचारमा व्यस्त छन्। चर्च बनाउने, भवन सहयोग गर्ने बाहनामा बाइबल पढाउने, लत्ताकपडा, बालबालिकालाई खेलौना दिने गर्दै उनले धर्म प्रचार गरिरहेको वडाध्यक्ष तुलसी रेग्मीको भनाइ छ। स्थानीयलाई धर्म परिवर्तन गर्न बाध्य गराउँदै आएका उनी गण्डकी गाउँपालिका–७ को सुकुम्बासी टोलमा जग्गा भाडामा लिएर घर बनाएर बसेका छन्।

उनले घरमा आएकाहरूलाई क्रिश्चियन धर्मको प्रचार र परिवर्तन गराउने गरेको तथ्य खुलेको छ। दुई ताइवानी नागरिक बिनजेश भिसा र भ्रमण भिसामा आएर बुद्धधर्म प्रचार गर्ने काम गर्दै आएको प्रशासनले जनाएको छ।

‘सिनचेङ मेङको काठमाडौंमा होटल रहेछ। तर, काठमाडौंमा नबसी गोरखामा धर्म प्रचारमा सक्रिय हँुदै आएको पाइयो,’ प्रमुख जिल्ला अधिकारी, ‘अर्का ग्वान टिङलाई पनि उनले लिएर भ्रमण भिसामा ल्याएका रहेछन्। एउटा प्रयोजनका लागि आएर फरक काम गरेको पाइएकाले हामीले जिल्ला छाड्न निर्देशन दिएका हौं।’

सिनचेङ मेङको काठमाडौंको नयाँ बानेश्वरमा हङजिन नामक होटल रहेको भेटिएको छ। उनीहरूले रोहटेपानीस्थित नेपाल मगर संघको माथिल्लो तला मासिक १५ हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएर धर्म पूचार गर्ने तथा चिनियाँ भाषा सिकाउँदै आएको पाइएको छ। उनीहरूले धार्मिक क्रियाकलापमा स्थानीय १५० जनालाई समेटेका भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संकास्पद व्यवहार देखिएका विदेशी नागरिकलाई प्रशासनले निगरानी राखेको बताए। ‘चार जना जापानीहरूले जिल्ला छाडिसके। अब ताइवानी र कोरियाली नागरिकले पनि छाड्नेछन्’, उनले भने।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…