नेपालमा कोरोना आशंकामा ४५० जनाको स्वास्थ्य जाँच, ६ जना आइसोलेसनमा

काठमाडौं : नेपालमा कोरोना सं क्रमणको आ शंकामा ४५० जनाको स्वास्थ्य जाँच भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजि पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ४५० जनाको स्वास्थ्य परीक्षण भएको जानकारी दिएका हुन्। ६ जना भने आइसोलेसनमा रहेको उनको भनाइ छ।

‘हामीले कोराना बिरामी लुकाएका छैनौं। यो भाइरस लुकाउन मिल्दैन’, प्रवक्ता देवकोटाले भने, ‘अहिलेसम्म ४५० जनामा परीक्षण भएको छ। ६ जना आइसोलेसनमा भर्ना भएका छन्।’

प्रवक्ता देवकोटाका अनुसार टेकुमा चार र पाटन अस्पतालमा दुई जनालाई आइसोलेसनमा राखिएको हो।

देवकोटाले कोरोना सं क्रमणको महामारी अहिलेसम्म नेपालमा नदेखिएको प्रष्ट पारे। उनले अहिले काठमाडौंमै १५५ वटा आइसोलेसन तयारी अवस्थामा रहेकोसमेत जानकारी दिएका छन्।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…