कोरोना भाइरसका कारण दोहा मेट्रो दुइदिनका लागि बन्द हुने

कोरोनाभाइरसबाट सम्भावित सं क्रमणलाइ मध्यनजरगर्दै दोहा मेट्रोले आफ्नो सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ।

दोहा मेट्रोले सामाजिक संजालमा आज जारी गरेको एक विज्ञप्ति अनुसार विहिबार राति १० बजेदेखि लागु हुनेगरि दुईदिनका लागि आफ्ना पुर्व सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो ।

पछिल्लो समय कतारमा कोरोना भाइरसका विरामी तिव्र रुपले देखापर्न थालेपछि पुर्वसतर्कता अपनाउदै दोहा मेट्रोले यसअघि सुचारु रहेका सम्पूर्ण सेवा विहिबार अर्थात् मार्च १२ बाट बन्द गर्ने निर्णय गरेको हो।

दोहा मेट्रोले जनाए अनुसा, आइतवार अर्थात् मार्च २० तारिकबाट आफ्नो सेवा पुनः सुचारु गर्ने जनाएको छ। हिजो बुधबारसम्म कतारमा कुल कोरनाभाइरसका विरामीको संख्या २३८ पुगेपछि कतार सरकारले  निजि तथा सरकारी स्वास्थ्य संस्था सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। कतारमा हाल सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको छ।

कतार नेपाली नागरिकहरुको रोजगारी गन्तव्य मुलुक मध्यको प्रमुख गनतव्य मुलुक हो।  कतारमा मात्रै झन्डै ४ लाख भन्दा धेरै संख्यामा नेपालीहरु विभिन्न सिलसिलामा रोजगारी तथा व्यापार गर्दै आएका छन्।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…