पैसाबाट झन धेरै सर्छ भाइरस, पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन : डा. शेरबहादुर पुन

चीनबाट उत्पन्न भएको कोरोनाभाइरस अहिले विश्वभर फैलीसकेको छ। भाइरसबाट बच्न विश्वभर अनेकथरि उपाए अपनाउन थालिएको छ। भाइरसबाट आफ्नो सुरक्षा गर्न मुखमा लगाउने मास्क र हातमा लगाउने पन्जाको प्रयोग गर्नेहरुको संख्या अत्यधिक बढेको पाइन्छ। तर, भाइरस नोटबाट पनि सर्छ भनेर त्यतातिर सतर्कता अपनाएको भने कमै देखिन्छ।

केही समय पहिले नयाँपत्रिकामा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनको भनाइ ‘भाइरस सामान्यतया फ्लुका भाइरस नोटमा झन्डै १७ दिनसम्म जीवित रहन्छन्’ प्रकाशित गरिएको थियो ।

डा. शेरबहादुर पुनका अनुसार नोटमा भएको भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने जोखिम हुन्छ । एन्फ्लुएन्जा भाइरस पैसाका माध्यमबाट सर्छ भन्ने पहिले नै पुष्टि भइसकेको उहाले बताउनु भएको थियो।

यद्यपि, कोरोना भाइरस नोटबाट सर्नसक्छ भन्ने तथ्यगत एकिन अहिले सम्म नभएता पनि पैसाकै माध्यमबाट कोभिड–१९ नामक कोरोना भाइरस फैलने खतरालाई मध्यनजर गर्दै भर्खरै चीन सरकारले केन्द्रीय बैंकको गुआङझोउ ब्रान्च र पिपुल्स बैंक अफ चाइनाको संयोजकत्वमा प्रभावित क्षेत्रमा ६ सय विलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको थियो  । प्रभावित क्षेत्रका अस्पताल, बजार र यातायातमा संकलित नोट नष्ट गरिएको अन्तरराष्ट्रिय संचारमाध्यमले जानकारी दिदेका थिए  ।

न्युयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार झन्डै तीन हजारभन्दा बढी किसिमका ब्याक्टेरिया पैसाका माध्यमबाट सर्न सक्छन् । अमेरिकामा प्रत्येक वर्ष ३६ हजार व्यक्तिले विभिन्न फ्लुका कारण ज्यान गुमाउँछन् । जसमध्ये करिब १० प्रतिशत ब्याक्टेरिया पैसाका माध्यमबाट एकबाट अर्कोमा सर्ने गरेको पाइएको छ ।

कसरी जोगिने ?

सं क्रमित व्यक्तिको सम्पर्क हुँदै सयौँजनाको हातमा पैसा स्थानान्तरण भइरहेको हुन्छ । यसले विभिन्न ब्याक्टेरिया तथा भाइरस पनि सँगै बोकेर ल्याएको हुन्छ । तसर्थ, पैसाबाट भाइरस सर्न नदिन सचेत हुन आवश्यक हुन्छ । पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन । फोहोर हातले पैसा चलाउनु हुँदैन र बच्चाबाट समेत पैसा टाढा राख्नुपर्छ । बाहिरबाट आएपछि साबुनपानीले हात धुने बानी बसालेमा रोगका कीटाणुको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…