किन हुन्छ हरेक एक सय वर्षको अन्तरमा संसारभर ठुलै महामारी

एजेन्सी । संयोग भनौं या अन्य केही, हरेक एक सय बर्षको अन्तरमा पुरै संसारमा एक ठूलो महामारीको आ क्रमण हुन्छ । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट अहिले कोरोना भाइरसको सं क्रमण संसारभर फैलिएको छ ।

यो महामारीले झण्डै ४ हजार जनाको मृ त्यु भैसकेको छ । १ लाख भन्दा धेरै प्रभावित भएका छन् । हरेक सय बर्षमा मानिसले महामारीको नयाँ औषधि खोज्नु पर्छ । यस्तै पछिल्लो ४ सय बर्षदेखि यस्तो खाले महामारी हुँदै आएको विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

सन् १७२० मा पुरै दुनियामा प्लेग फैलिएको थियो । फ्रान्सको एक शहर मार्सिलेमा कलाकार मिशेल सेरेले प्लेगले कति मान्छे म रेको थियो भन्ने फोटोमा देखाएका छन् । मार्सिलेमा फैलिएको प्लेगले १ लाख मानिसको मृ त्यु भएको थियो । प्लेग फैलिएको एक महिनामा ५० हजार मानिसको मृ त्यु भएको थियो । बाँकी ५० हजार त्यसको दुई बर्ष भित्र म रेका थिए ।

प्लेग फैलिएको सय वर्षपछि अर्थात सन् १८२० मा एसियाली देशमा कोलेराले महामारीको रुप लियो । जापान, मध्यपूर्वका विभिन्न देश, नेपाल, भारत, थाइल्याण्ड, फिलिपिन्स, ओमान, चीन, मौरिसस, सिरियालगायतका देशमा यसले धेरै ठूलो क्षती गर्यो । कोलेराले इण्डोनेसियामामात्रै एक लाख मानिसको मृत्यु भएको थियो । थाइल्याण्ड र फिलिपिन्स पनि धेरै मानिसले ज्या न गु माएका थिए ।

कोलेराको महामारी फैलिएको सय बर्षपछि सन् १९२० मा स्पेनिश फ्लू फैलिएको थियो । यो सन् १९१८ मा नै सुरुभए पनि सन् १९२० मा मुख्य असर देखिएको थियो । फ्लूको कारण १ करोड ७० लाख देखी ५ करोड को बिचमा मानिसको मृ त्यु भएको अनुमान गरिएको छ ।

सन् २०२० मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म झण्डै ४ हजार जनाले ज्या न गु माइसकेका छन् । १ लाख १० हजार जनामा सं क्रमण देखिएको छ । कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित हुने देश चीन र इटली हुन् । चीनमा झण्डै ३ हजार २ सय र इटलीमा कोरोना भाइरसको कारण ३६६ जनाको मृ त्यु भएको छ ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…