यस कारण नेपालीलाइ कोरोनाभाइरसले छुन सकेको छैन

चीनको वुहानबाटै ल्याइएका कसैलाई पनि कोरोना स ङ्क्रमण देखिएन । वुहानबाट सुरु भएर विश्वका एक सय २४ देशमा फैलिसक्दा कोरोना भाइरस नेपालमा नदेखिनु र नफैलिनु आफैमा सुखद संयोग हो ।

अर्को संयोग नेपालको जनसाङ्ख्यिक अवस्था पनि हो । नेपालको जनसङ्ख्यामा अहिले युवाको बाहुल्य छ र वृद्धवृद्धाकाे सङ्ख्या कम छ । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा चार हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । यसरी ज्यान जानेमा सबैभन्दा धेरै वृद्धवृद्धा छन् ।

कोरोनाको स ङ्क्र मणबाट ज्यान जानेमध्ये झण्डै १५ प्रतिशत ८० वर्ष उमेरमाथिका छन् । यस्तै ८ प्रतिशत ७० देखि ७९ वर्षसम्म उमेरका, झण्डै ४ प्रतिशत ६० देखि ६९ वर्ष उमेरका, १ प्रतिशत ५० देखि ५९ वर्ष उमेरका छन् । वर्ष ४० देखि ४९ वर्ष उमेरका शून्य दशमलव ४ प्रतिशत छन् भने १० देखि ३९ वर्ष उमेर समूहका नागरिकमा कोरोनाबाट हुने मृ त्युको दर शून्य दशमलव २ प्रतिशतमात्र छ । १० वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकाको कोरोनाकै कारण ज्या न ग एको छैन ।

कोरोनाको सङ्क्रमणले बालबालिकालाई कमै मात्र छोएको छ भने ज्यान गुमाउनेमा युवाहरु पनि धेरै थोरै छन् । यसको मुख्य कारण उमेरअनुसार शरीरको रोग प्रतिरोध क्षमता हो भन्ने मानिएको छ ।

अथवा रोग प्रतिरोध क्षमता बलियो भएका मानिसलाई कोरोना सङ्क्रमण भइहाल्यो भने पनि उनीहरुले स ङ्क्र मणलाई जित्न सक्छन् र निको हुन्छन् ।

कोरोनाको स ङ्क्र मण भइहाल्यो भने पनि ३९ वर्ष उमेरसम्मका मानिस आफै ‘रिकभर’ हुन सक्छन् भन्ने कुरा अहिलेसम्मको मृ त्यु दरले स्पष्ट देखाएको छ । ६० वर्ष उमेरसम्मका मानिसलाई पनि कोरोनाको जोखिम निकै कम छ । ६० वर्षभन्दा माथिकालाई केही जोखिम र ८० वर्षभन्दा माथिकालाई अलि बढी जोखिम छ ।

रोग प्रतिरोध क्षमता उमेरअनुसार फरक हुने भएकाले अहिले कोरोनाको जोखिम ६० वर्षभन्दा माथिका मानिसलाई बढी छ । तर अरु देशको तुलनामा नेपालका वृद्धवृद्धामा कोरोनाको स ङ्क्र मण हुने जोखिम कम छ । नेपालको भूबनोट, हावापानी र हाम्रा पाका, पुस्ताको जीवनशैलीले पाको उमेरकै नागरिकको पनि रोग प्रतिरोध क्षमता बलियो छ ।

त्यसो त कोरोनाको बढी जोखिम रहेका वृद्धवृद्धाकाे सङ्ख्या नेपालमा चीन, अमेरिका तथा युरोपका देशमा जस्तो धेरै छैन । त्यसमाथि हरेक घरबाट कमाउन बाहिरिएका युवाका कारण नेपालका वृद्धवृद्धाहरु वर्षौदेखि आफ्नै घरमा समेत ‘आइसोलेटेड’ छन् । धेरै घरका छोराछोरी र अरु सदस्य या त शहरमा छन्, या त विदेशमा । परिवारका अरु सदस्यको भिडभाड नहुने घर नै ‘आइसोलेशन’ गृह जस्तो छ । त्यसमाथि केही शहरी भेगमा बाहेक नेपाली बसोवास र बस्ती अझै पातलो नै छ, स ङ्क्र मण तुरुन्त फैलिने गरी बाक्लो बस्ती छैन । बस्ती र घर नै ‘आइसोलेशन’ जस्तो भएपछि जोखिम पनि तुलनात्मक रुपमा कम हुने नै भयो ।

कोरोनाको स ङ्क्रमण नेपालमा व्यापक नहुने अर्को संयोगको चर्चा पनि अहिले सामाजिक सञ्जालहरुमा बाक्लै देखिन थालेको छ । अहिलेसम्म कोरोनाबाट बढी प्रभावित देश र ठाउँको भौगोलिक अवस्थितिमा समानता छ ।

अथवा कोरोनाको उद्गमस्थल चीनको वुहान र त्यसपछि सबैभन्दा बढी प्रभावित भएका देशहरु इटली, इरान, दक्षिण कोरिया, जापान, अमेरिकाको न्युयोर्क र वाशिङ्टन जस्ता ठाउँहरु पृथ्वीको समान रेखा अर्थात् एउटै ‘ल्याटिच्युड’ मा पर्छन् । जुन ल्याटिच्युडमा नेपाल पर्दैन । यसमा वैज्ञानिक कारण होला या नहोला, तर संयोग चाहिँ यस्तो पनि परेको छ ।

यस्ता अनेक संयोग छन्, जसले चीनसित सीमा जोडिएर पनि अहिलेसम्म नेपालमा कोरोनाको सङ्क्रमण देखिएको छैन । तर संयोगहरु फगत संयोग हुन्, कोरोनाको स ङ्क्रमण नहुने वा नफैलने आधार होइनन् ।

अझै ठूलो र बलियो कुरा मान्छेको आस्था र विश्वास हो, त्यो विश्वास नेपालीले भगवान पशुपतिनाथमाथि गरिराखेकै छन् । पशुपतिनाथको कृपाले पनि हामी नेपालीलाई सधैँ रक्षा गरिराखेकै छ । मिलन तिमिल्सिनाद्वारा उज्यालो अनलाइनमा लेखेको लेखको केहि अंस 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…