विश्व स्वास्थ्य संगठनद्वारा कोरोना भाइरस ‘विश्वव्यापी महामारी’ घोषित, प्रत्येक देशलाई सचेत रहन सुझाव

विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी म हामारीको घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सचेत हुन आग्रह गरे । गेब्रायसेजले कोरोना भाइरस नियन्त्रणको लागि आक्रामक निर्णय लिन समेत सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

अहिलेसम्म कोरोनाको संक्रमण विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको छ । त्यस्तै, चार हजारभन्दा धेरै मानिसको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । विश्व स्वास्थ्य संगठनले यही आँकडालाई समेत आधार मान्दै विश्वव्यापी महामारीको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनको क्रममा गेब्रायसेजले कोरोना नियन्त्रणको प्रयाससँगै आपतकालीन अवस्थाको लागि अस्पताल तयारी अवस्थामा राख्न समेत आग्रह गरेका छन् । उनले प्रत्येक सरकारले आफ्ना नागरिकहरुलाई भाइरसबाट सचेत गराउँदै त्यसबाट बच्ने उपायहरुका बारेमा जानकारी दिनको लागि अनुरोध गरेका छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…