नेपालमा कोरोनाभाइरस फैलिए जस्तोसुकै सहयोग गर्न चीन तयार

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए चीन सरकारले सहयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटमा मंगलबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त प्रतिबद्धता जनाएकी हुन् ।

राजदूत होउले नेपालमा भाइरस सं क्रमण नफैलिने विश्वास व्यक्त गर्दै त्यस्तो अवस्था आए सहयोगका लागि चीन तयार रहेको बताएकी हुन्।

‘उहाँ (राजदूत होउ) ले कोभिड–१९ को सं क्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गर्नुभयो।

यसको सं क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबैखाले प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भेटका क्रममा होउले उक्त सं क्रमणबाट पीडित ८० हजार ९ सयमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जनाइन्।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…