कोरोना भाइरसका कारण अमेरिकामा १७ को मृ’त्यु, तीन हजार प्रहरी आइसोलेसनमा

अमेरिका : कोरोना सं क्रमणको आशंकामा चार अधिकृतसहित २,७७३ न्यूयोर्क प्रहरीलाई आइसोलेसनमा राखिएको छ। चीन, इटली, इरान, दक्षिण कोरिया, जापान लगायतका देशबाट फर्किएका प्रहरीहरुलाई आइसोलेसनमा राखिएको हो।

अमेरिकाको न्यूयोर्क राज्य प्रहरीहरुलाई अहिले स्वास्थ्य विभागले परीक्षण गरिरहेको छ। स्वास्थ्य विभागले उनीहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ। न्युयोर्क राज्यका मेयर बिल ब्लाजिओले पत्रकार सम्मेलन गरी न्युयोर्क सिटीमा कोरोनाविरुद्ध लड्न भइरहेका प्रयासबारे जानकारी दिएका छन्।

ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सावधानी अपनाउन, हात धुन, खोक्दा वा हाँछ्यु गर्दा मुख छोपेर गर्न, बिरामी भएमा घरमै बस्न र लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह बमोजिम गर्न आग्रह गरेका छन्।

यस्तै कोरोना भाइरस सं क्रमणका कारण संभावित ख तरालाई मध्यनजर गर्दै अमेरिकाको क्यालिर्फोनिया र मेरिल्याण्ड राज्यमा आपतकाल घोषणा गरिएको छ।

कोरोनाको सं क्रमणबाट हालसम्म अमेरिकामा १७ जनाको मृ त्यु भइसकेको छ भने २२५ जनाभन्दा बढीमा सं क्रमण भेटिएको पुष्टि भएको छ। अमेरिकामा हालसम्म १७ राज्यमा सं क्रमण भेटिएको छ।

यसैगरी एक महिनाको अवधिमा विभिन्न देशबाट अमेरिका आउँदै गरेका ३४७ जनालाई अमेरिकाको पोर्ट अफ इन्ट्रीबाट फिर्ता पठाइएको छ। २४१ जनालाई अमेरिकी विमानस्थल र स्थलसिमाबाट फिर्ता पठाइएको छ भने १०६ जनालाई प्रि क्लियरेन्स पोर्ट अफ इन्ट्रीबाट फिर्ता पठाइएको हो।

फेब्रुवरी २ देखि मार्च ३ सम्मको अवधिमा उनीहरुलाई फिर्ता पठाइएको डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्यूरिटीले जानकारी दिएको छ।

अमेरिकी राष्ट्रपतिले चीन र इरानका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि ती देशका भिसावाहकलाई फिर्ता पठाइएको छ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८.३ बिलियन डलर आपतकालिन खर्च रकममा हस्ताक्षर गरेका छन्। कोरोना भाइरस सं क्रमणका विरुद्ध लडन उक्त रकम विनियोजन गरिएको हो। ट्रम्प प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि उपराष्ट्रपति माइक पेन्सलाई प्रमुख नियुक्त गरेको छ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…