कोरोनाभाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने अस्ट्रेलियाली विश्वविद्यालयको अध्ययनमा दावी

काठमाडौं। विश्वभर कोरोनाभाइरसको संक्रमण भयावह रुपमा फैलिइरहेका बेला अस्ट्रेलियाको एक विश्वविद्यालयले गरेको अध्ययनमा यसबाट विश्वभर करिब डेढ करोड मानिसहरुको ज्या न जा नसक्ने प्रक्षेपण गरिएको छ ।

अस्ट्रेलियन नेशनल युनिभर्सिटीको एक अध्ययनमा महामारीको सबैभन्दा राम्रो स्थितिमा पहिलो १ वर्षभित्र डेढ करोड मानिसहरुको मृ त्युको आशंका गरिएको छ । अध्ययनमा कोरोनाभाइरसको कारण विश्वको अर्थतन्त्रमा पनि निकै खराब प्रभाव पर्ने दावी गरिएको छ ।

विश्वविद्यालयको अध्ययनको हवाला दिँदै डेलिमेलले प्रकाशित गरेको रिपोर्टअनुसार यदि महामारी सबैभन्दा खराब स्थितिमा पुग्यो भने यसबाट विश्वभर ६ करोड ८० लाखले ज्या न गु माउनुपर्ने दावी गरिएको छ ।

यसरी ज्या न गुमाउनेहरुमा लाखौं मानिसहरु अमेरिका र बेलायतका हुन सक्ने बताइएको छ । अध्ययनमा चीनमा कोरोनाभाइरसबाट संक्रमित मानिसहरुको मृत्युदर २ प्रतिशत भएको बताइएको छ । विश्व स्तरमा संक्रमितको मृत्युदर ३.४ प्रतिशत भएको उल्लेख छ ।

अध्ययनका अनुसार भारत र चीनमा यसरी ज्यान गुमाउनेको संख्या कैयौं लाख हुन सक्नेछ ।

अमेरिकामा २ लाख ३० हजारजति मानिस यसको शिकार हुन सक्ने उल्लेख छ ।

अनुसन्धानकर्ताहरुले अमेरिकामा सामान्य इन्फ्लुएन्जाबाट हरेक वर्ष ५५ हजार मानिसले ज्या न गुमाउने पनि उल्लेख गरेका छन् ।

अध्ययनमा बेलायतमा ६४ हजार, जर्मनीमा ७९ हजार र फ्रान्समा ६० हजारको मृत्यु हुन सक्ने आशंका जाहेर गरिएको छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…