दाङ र रोल्पामा देखिएको जनउत्साह, राजनीतिमा ‘महरा सर’को नयाँ उचाई

  • पाण्डव शर्मा

घोराही । नेपाल कम्युनिष्ट पार्टीमा आँफूभन्दा सिनियर नेताहरुलाई पनि कमरेड भनेर संबोधन गर्ने चलन छ । पछिल्ला वर्षहरुमा कांग्रेसको सिको गर्दै नेकपाका कार्यकर्ताहरु पनि आँफूभन्दा सिनियर नेताहरुलाई दाई संबोधन तर्फ आर्कषित भएका छन् ।

तर, नेकपा भित्र एक जना यस्ता पात्र हुनुहुन्छ । जसलाई कसैले पनि कमरेड भन्दैनन् । सबैले ‘महरा सर’ भनेर संवोधन गर्छन् । लामो समय शिक्षण पेशामा संलग्न भएर राजनीतिमा होमिनुभएका महरालाई सबैले सम्मान स्वरुप ‘महरा सर’ भन्ने गर्छन् ।

१० वर्षे जनयुद्धको आधार क्षेत्र एवम् प्रमुख उद्गम थलो रोल्पाले धेरै नेता जन्मायो । रोल्पाबाट सबैभन्दा माथिल्लो ओहोदामा उपराष्ट्रपती नन्दकिशोर पुन ‘पासाङ’ पुग्नुभएको छ । त्यस्ते पूर्व सभामुखहरु महरा र ओनसरी घर्ती रोल्पाकै हुनुहुन्छ ।

हालका उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ पनि रोल्पाकै हुनुहुन्छ । धेरै अन्य केन्द्री नेताहरु नेकपाको उच्च तहमा पुगिसक्नुभएको छ । यी सबै पात्रहरु महराका विद्यार्थी हुनुहुन्छ ।

उपराष्ट्रपती पासङ, पूर्व सभामुख घर्ती र उर्जामन्त्री पुनलाई महराले विद्यालय तहमा पढाउनुभएको हो ।
पार्टी भित्र अध्यक्ष प्रचण्डका अत्यन्त विश्वास पात्र मानिनुभएका महरालाई विभिन्न जिम्मेवारीहरु पनि आए । तत्कालिन जनयुद्धकालमा तीन पटक गठन भएको वार्ता टोलीमा महरा संलग्न हुनुभयो ।

शिक्षक पृष्ठभूमिबाट आउनुभएका शालिन, भद्र र कुटनीतिक क्षमता भएका कारण पनि प्रचण्डले आफ्नो अन्तरराष्ट्रिय सम्बन्ध बनाउन महराको साथ लिएको कतिपयले बताउने गरेका छन् ।

सधै शान्ति, सहकार्य, समन्वय र सबैलाई मिलाउन सक्ने क्षमता भएका महरामाथी केही समय पहिले एउटा गम्भिर आरोप लाग्यो । त्यही आरोपका कारण उहाँ साढे तीन महिना जे ल जीवन विताउन पर्यो । तर, सत्य सत्य नै हुन्छ । न्याय कहिल्यै मर्दैन भने झैं काठमाण्डौं जिल्ला अदालतले उहाँ पूर्ण निर्दोष भएको फैसल गर्यो ।

उहाँ जे ल बस्दा पनि सबैले बुझिसकेका थिए राष्ट्रिय स्वाधिनतको पक्षमा ल ड्दै गर्दा महरामाथी गम्भिर आरोप लगाएर फसाइएको हो भनेर ।
धेरैले महरा जे लबाट छुटिसकेपछि अनुमान गरेका थिए न्यायालयबाट न्याय पाए पनि महराको राजनीतिक जीवनले उचाई प्राप्त गर्दैन भनेर । त्यस्ता अनुमानहरुले तब फेल खाए जब महरा दाङ आउँदा स्वस्फूर्तरुपमा हजारौं जनताले भव्य स्वागत गरे ।

एक हप्ते दाङ बसाईका क्रममा महरा पूर्व कालाकाटे देखि पश्चिम हापुरेसम्म पुग्नुभयो । पहाडी गाउँपालिका बंगलाचुली देखि गढवा हुँदै नेपाल भारत सीमा क्षेत्र कोइलावाससम्म पुग्नुभयो ।

दाङमा हजारौं जनता, बुद्धिजिवी, नागरिक अगुवा, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरुसँग भेट भयो । विगतमा सभामुख हुँदा जत्तिकै उहाँलाई घरमै आएर भेट्नेहरुको लर्को लाग्यो ।

महराले आफ्नो कुरा राख्न नपाउँदै भेट्न आउनेहरुले भन्न थाले–‘तपाई निर्दोष हुनुहन्छ भन्ने कुरा हामीलाई पहिले नै थाहा थियो, विभिन्न शक्ति केन्द्रहरुले निहित स्वार्थका लागि फसाएका हुन्, अहिले न्याय पाउनुभएको छ, तपाईलाई हाम्रो साथ निरन्तर भइरहने छ ।’

कुनै पार्टीको जानकारी वा आयोजना बिना नै गाउँगाउँमा जनस्तरबाटै ठूला ठूला स्वागत जुलुशहरु निक्लिए । खुशियालीमा वाजागाजाहरु बजे । पूराना कम्युनिष्ट नेताहरुले महरालाई हौसला दिए ।

एक हप्ते दाङ बसाई सकेर महरा आफ्नो जन्मथलो रोल्पातर्फ लाग्नुभयो ।
महरा झन् त्यतिबेला थप उत्साहित हुनुभयो । रोल्पा जाने क्रममा प्यूठान देखि नै विभिन्न ठाउँमा भव्य स्वागत हुन थाल्यो । रोल्पाका विभिन्न ठाउँमा हजारौं जनताले भव्य स्वागत गरे ।

गाउँगाउँमा अहिले विभिन्न कार्यक्रमहरुमा महरा सहभागी भइरहनुभएको छ । जनताबाट महरा पहिले पनि अनुमोदन भइरहनुभएको थियो । यसपटकको रोल्पा र दाङ यात्राले उहाँलाई थप जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।

अब उहाँ राजनीतिमा विगतको भन्दा थप नयाँ उचाईका साथ अघि बढ्ने कुरा निश्चित भइसकेको छ । उहाँलाई दाङ र रेल्पाका जनताहरुले दिएको साथलाई काठमाण्डौंले समेत राम्रोसँग बुझेको अनुमान गर्न सकिन्छ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…