मास्ककाे कालाेबजारी : ८० पर्नेलाई ४५० रुपैयाँ बेच्दै

पोखरा- कोरोना भाइरस सं क्रमणको त्रासले बजारमा मास्क अभाव हुन थालेको छ। केही औषधि पसलले मास्कलाई अधिक महंगो मूल्यमा समेत बिक्री गरेको फेला परेको बिहीबार अनुगमन गरेको सरकारी निकायले बताएको छ। मास्कको अधिक मूल्य लिने औषधि पसल सञ्चालकलाई कारबाही गर्ने प्रशासनको भनाई छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टिमले अस्पताल चोकको परि फार्मेसी, महेन्द्रपुलको स्याङजा मेडिकल हल र पस्र्याङको अतिष मेडिकल फर्मामा छापा मारेको थियो।

ती सबै फार्मेसीले महंगो मूल्यमा मास्क बेचिरहेको अनुगमन टिमले फेला पारेको थियो। १० रुपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रुपैयाँ पर्ने मास्कलाई ४ सय ५० रुपैयाँमा बिक्री गरेको पाइएको अनुगमन टिमले बताएको छ।

‘अधिक मूल्य असुल्ने तीनवटै मेडिकललाई बन्द गराएर शुक्रबार प्रशासनमा हाजिर हुन निर्देशन दिएका छौ,’ ढकालले भने, ‘कालोबजार ऐन अनुसार ती मेडिकल सञ्चालकलाई कारबाही हुन्छ।’

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले मास्कमा समेत कालोबजारी गरिएको बताए। ‘अभाव भएको बेला ५–१० रुपैयाँ बढी मूल्य पर्नु स्वभाविक होला, तर ८० रुपैयाँ पर्ने मास्कलाई ४ सय ५० रुपैयाँमा बिक्री गरिएको छ,’ कोइरालाले भने, ‘यो त लुट नै भयो।

अप्ठेरो परेको बेला सहज सेवा दिनुपर्नेमा कमाउने उद्देश्य राखेर मास्कको कालोबजारी गरिनु राम्रो होइन।’ अनुगमन टिमले तीनवटा पसलबाट करिब १ सय ५० थान मास्क समेत जफत गरेको उनले बताए।

फार्मेसीले आफन्त र चिनजानका बाहेक अरुलाई मास्क बिक्री गर्न समेत छाडेका छन्। अनुगमन टिमका एकजना सदस्य आफैले ४ सय ५० रुपैयाँमा मास्क किनेर बिलसहित फार्मेसीमा छापा मार्न पुगेका थिए।

प्रदेशको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले कोरोनाले त्रसित भएको बेला अधिक मूल्य लिएर उपभोक्तामाथि ठगि गरेकोले छापा मार्दै कारबाहीका लागि मेडिकल बन्द गराएको बताए।

मास्कको बढी मूल्य लिएपनि फार्मेसीले कति रुपैयाँमा ती मास्क किनेका थिए भनेर खुलाएका थिएनन्।

खरिद मूल्य थाहा नभए पनि बिक्री मूल्य भने अधिक रहेको उनले बताए। ‘कति रुपैयाँमा खरिद गरेर बेचेको भन्ने अझै खुलेको छैन। तर, बिक्री मूल्य भने थाहा भएको छ,’ उनले भने।

अति आवश्यक नपरे भीडभाडमा नजाउः प्रशासन कास्की प्रशासनले बिहीबार सूचना निकालेर भीडभाडमा नजान र अत्यावश्यक बाहेक मेला, सभा, सम्मेलन, समारोह जस्ता सार्वजनिक कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ।

प्रशासनले अर्काे निर्णय नगरेसम्म अति आवश्यक अवस्थामा बाहेक भीडभाड हुनेगरि कार्यक्रम नगर्न अनुरोध गरेको हो।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले नागरिकलाई सचेत बनाउनेगरि भीडभाडमा नजान अनुरोध गरेको बताए।

सरकारले नै परीक्षा गर्ने मिति दिईसकेकोले सञ्चालित विद्यालय भने यथावत रुपमा चल्ने उनले बताए। ‘परीक्षाका लागि सरकारले नै सूचना जारी गरिसकेको छ।

हामीले अरु कार्यक्रम नगर्न भनेका छौ,’ पौडेलले भने, ‘सबैजना सचेत हुन जरुरी छ। संक्रमण फैलन नदिन सबैजना सचेत हुनुपर्ने अवस्था आएको छ।’ प्रशासनले अति आवश्यक बाहेक काममा ननिस्कन अनुरोध गरेपछि बजार सुनसान हुँदै गएको सहायक प्रजिअ पौडेलले बताए।

‘हामीले नागरिकलाई सचेत हुन भनेका हौ। त्रसित गराउने होईन,’ उनले भने, ‘तर, सचेत भने हुनैपर्छ। कुनैपनि बेला संक्रमण फैलिन सक्छ।’

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…