टेकु अस्पतालबाट भागेका व्यक्ति कोराना सं’क्रमित नरहेको डाक्टरको भनाइ

२२ फागुन, काठमाडौं । बिहीबार मध्यान्ह एउटा खबर फैलियो, कोरोना सं क्रमणको आशंका गरिएका विरामी टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल आइसोलेसन बार्डबाट भागे ।

विश्वभर फैलिएको कोरोना सं क्रमणको त्रासमा रहेकाहरुलाई यो समाचारले थप अत्याउनु स्वाभाविक थियो ।

तर यसमा वास्तविकता केही फरक छ ।

टेकु अस्पतालमा क्वारेन्टाइनमा राखिएका एक व्यक्ति भागेका हुन्, तर उनी कोरोना सं क्रमित होइनन् ।

अस्पतालका डा. अनुप बास्तोलाका अनुसार हालै मात्र दक्षिण कोरियाबाट आएका सुनसरी घर भएका ती व्यक्ति मंगलबार अस्पताल आए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चेकजाँच गर्दा ज्वरो आएको नपाइएपछि उनलाई थप चेकजाँच गरिएन ।

तर मंगलबार उनी आफैं टेकु अस्पताल पुगे । चेकजाँच गर्दा कोरोना सं क्रमण भएको लक्षण नदेखिएपछि चिकित्सकहरुले परामर्श दिएर घर पठाएका थिए ।

‘बुधबार फेरि मलाई कोरोना भाइरस लागेको छ, मलाई बचाउनुस् भन्दै आउनुभयो’ अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले अनलाइनखबरसँग भने, ‘चेकजाँच गर्दा त्यस्तो लक्षण देखिएन ।’ तर उनी एकदमै आत्तिएका कारण उपचार गर्छौ नआत्तिनुस् भनेर क्वारेन्टाइनमा बस्न आग्रह गरिएको डा. बास्तोलाको भनाइ छ ।

त्यसअनुसार उनी क्वारेन्टाइनमा बसे । तर बिहीबार विहानै उनी अस्पतालबाट सुटुक्क हिँडेको पाइएको छ । त्यसपछि अस्पतालले खोजी गरिदिन प्रहरीलाई पनि आग्रह गरेको थियो ।

उनी त्रिभुवन विमानस्थलबाट घर जान लागेको पाइएको छ र अस्पतालको सम्पर्कमा आएका छन् । उनी कोरोना सं क्रमणको आशंका गरिएका व्यक्ति नभएको टेकु अस्पतालका प्रवक्ता डा. बास्तोलाले जानकारी दिए ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…