नेपालले कुनै पनि देशका हवाइ उडानमा प्र तिबन्ध नलगाउने

काठमाण्डाै – नेपालले तत्कालै कुनै पनि हवाइ उडानमा प्र तिबन्ध नलगाउने भएको छ ।

कोरोना भाइरसको रोकथाम र पूर्व तयारीको लागि कोरोना प्रभावित देशमा हुने उडान रोक्न माग भैरहेका बेला सरकारले भने एअरलाइन्स कम्पनीले नै उडान कटौती गरेकाले अहिले उडान रोक्न आदेश दिनु नपर्ने जनाएको छ ।

कोरोनाको रोकथाम र पूर्व तयारीबारे हवाइ कम्पनी नै जिम्मेवार भैरहेको र उनिहरुले नै उडान कटौती गरेकाले नेपालले उडान रोक्न नभनेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले विश्वका कुनै पनि देशले आदेश दिएर हवाइ उडान नरोकेको भन्दै महानिर्देशक पोख्रेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका कतिपय नियमका कारण पनि नेपालले उडान प्र तिबन्ध लगाउन नसक्ने बताउनुभयो ।

कोरोना प्रभावित देशमा हुने उडानमा निकै कटौती भएको विमानस्थले जनाएको छ । चीनमा हप्तामा ७० वटासम्म उडान हुँदै आएकोमा अहिले एअर चाइना र चाइना इस्टर्नले हप्तामा १२ वटा उडान गर्दै आइरहेका छन् ।

एक महिनाअघिसम्म दैनिक ९० को हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा अहिले विमानस्थलबाट दैनिक जम्मा ४५ देखि ५० वटा मात्रै अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…