हङकङमा घरपालुवा कुकुरमा समेत भेटियो कोरोना भाइरस, कुकुरलाई पनि राखियो क्वारेन्टाइनमा

हङकङ — हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस(कोभिड–१९) को सं’क्रमण देखिएको छ । बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ सं क्रमित मानिसबाट कुकुरमा न्यून तहको सं क्रमण भएको पुष्टि गरेका हुन् ।

यसअघि जनावरबाट मानिसमा सं क्रमण भएको भनिए पनि मानिसबाट जनावरमा सं’क्रमण भएको यो पहिलो घटना भएको विज्ञहरुले बताएका छन् ।

पोमरेनियन प्रजातिको कुकुरको गत शुक्रबारदेखि नै परीक्षण भइरहेको थियो । सुरुमा एकदमै न्यून रुपमा सं’क्रमण भएको बताइएको थियो । कुकुरको नाक वा मुख कोभिड–१९ सं क्रमण हुन सक्ने सिँगान तथा र्‍यालजस्ता चिजको सम्पर्कमा पुगेको हुन सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सं’क्रमण देखिएपछि उक्त कुकुरलाई क्वारेन्टाइनमा राखिने पनि साउथ चाइना मोर्निङ पोस्टले जनाएको छ । ‘कुकुरमा कोभिड–१९ पोजिटिभ देखिएको छ ।

कृषि, मत्स्यपालन तथा संरक्षण विभागमा उसलाई क्वारेन्टाइनमा राखिनेछ,’ हङकङकी स्वास्थ्य मन्त्री सोफिया चान सिउ चीले नियमित पत्रकार सम्मेलनमा भनिन् । नियमित रुपमा कुकुरको स्वास्थ्य चेक गरिने र नेगेटिभ नदेखिएसम्म क्वारेन्टाइनमै राखिने पनि उनले जानकारी दिइन् ।

विभागले हङकङ विश्वविद्यालय, सिटी विश्वविद्यालय र पशु स्वास्थ्यसम्बन्धी विश्व संगठनसँग पनि यसबारेमा परामर्श गरिरहेको बताएको छ । विभागका प्रवक्ताले अहिलेसम्म घरपालुवा जनावर कोभिड–१९ सं क्रमणको स्रोत भएको पुष्टि नभएकाले यस घटनाबाट आत्तिनु नपर्ने बताएका छन् ।

घरपालुवा जनावरको सरसफाइमा ध्यान दिनुको अलावा अत्याधिक चिन्तित हुन नपर्ने पनि विभागले बताएको छ । कुनै पनि परिस्थितिमा घरपालुवा जनावरलाई त्याग्नुपर्छ भन्ने अवस्था नरहेको पनि विभागले जनाएको छ ।

‘अहिले भएका परीक्षणको रिपोर्टले कुकुरमा एकदमै न्यून तहको सं’क्र’मण हुने देखिएको छ । सन् २००३ मा सार्स महामारीका बेलामा पनि केही कुकुरमा न्यून तहको सं’क्रमण देखिएको थियो,’ सिटी विश्वविद्यालयकी पशु स्वास्थ्य विज्ञ भेनेसा बार्सले भनिन् ।

घरबेटीलाई कोभिड–१९ को सं क्रमण देखिएकाले पोमरेनियन प्रजातिको कुकुरमा देखिएको सं’क्रमण अचम्मित पार्ने खालको पनि नभएको उनले बताइन् ।

अहिलेसम्म गरिएका खोज अनुसन्धान र प्रमाणका आधारमा कोभिड–१९ मानिसबाट मानिसमा मात्रै सरेको देखिएकाले नआत्तिन उनले आग्रह गरिन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ को सं क्रमणबाट हङकङमा अहिलेसम्म २ जनाको मृ त्यु भएको छ भने १०३ जनामा सं’क्रमण देखिएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…