यो हो प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण गर्ने टोली

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको सफल प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकको टोली सहभागी भएको थियो । भारतीय चिकित्सक अनन्त कुमार पनि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा खटिएका थिए ।

त्रिवि शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण टोलीको नाम सार्वजनिक गरेको छ । मिर्गौला प्रत्यारोपण टोलीमा प्रा। डा। उत्तमकुमार शर्मा, प्रा। डा। प्रेम ज्ञवाली, प्रा। डा। अनन्त कुमारलगायतको सहभागिता रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै मिर्गौला प्रत्यारोपण चिकित्सक टोलीमा प्रा. डा. दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रबिन नेपाली लगायतको टोली सहभागी थियो ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहालाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिनु भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा। प्रेमकृष्ण खड्काका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालिसकेको छ । ‘उहाँको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा छन् । प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ’ पत्रकारसामू खड्काले भन्नुभयो । प्रधानमन्त्री ओलीलाई अहिले प्रत्यारोपण उपचार कक्षमा राखिएको अस्पतालले जनाएको छ ।

माधव नेपालसहितका नेकपा नेताहरु शिक्षण अस्पतालमा

मिर्गौला प्रत्यारोपण सफल भएपछि पोष्ट अपरेटिभ आईसीयूमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका शीर्ष नेता त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ सहितका मन्त्री, सांसद लगायतका नेताहरु प्रधानमन्त्रीको अवस्था बुझ्न अस्पताल पुग्नु भएको हो ।

प्रधानमन्त्रीको उपचारका संलग्न डा. प्रेमराज ज्ञवालीसहितका चिकित्सकसँग वरिष्ठ नेता नेपाल सहित नेताहरुले पछिल्लो अवस्थाको जानकारी लिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…