नेकपाद्वारा कर्याकर्तालाई निर्देशन : कोरोनाबाट जोगिने उपायको पर्चा जनताको घरघरमा पुर्याउनू

२१ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारीमूलक पर्चा बनाउन र प्रत्येक घरमा पुर्याउन निर्देशन दिएको छ ।

महासचिव विष्णु पौडेलले बुधबार अन्तरिक सुर्कुलर जारी गर्दै सबै जिल्ला कमिटीलाई पर्चा बनाउन भनेका हुन् ।

सबै तहका कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक अगुवा र स्थानीय सञ्चार माध्यमसँग समन्वय गरी कोरोनाबाट बच्ने उपायबारे जानकारीमूलक कार्यक्रम गर्न भनिएको छ ।

नेकपाले पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान अन्तरगत गर्ने भनिएको ठूलो भेला तथा जनसभाहरु भने स्थगित गरेको छ ।

कोरोना भाइरसबाट जोगिन सरकारले ठूला भेला तथा सम्मेलन नगर्न अपील गरेको भन्दै नेकपाले ठूला भेला र जनसभाहरु नगर्ने निर्णय गरेको हो ।

सबै कमिटीलाई सर्कुलर जारी गर्दै सबै तहका कमिटीको बैठक बस्ने, संगठित सदस्य र साधारण सदस्यता नवीकरणलगायतका काम भने जारी राख्न भनेको छ । उसले २०७५ जेठबाट लागू हुने गरी संगठित सदस्यता शुल्क मासिक २५ र साधारण शुल्क मासिक १० रुपैयाँ तोकेको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…