प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो : चिकित्सक

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्‍गाले बुधबार प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबार जानकारी दिँदै त्रिवि शिक्षक अस्पतालका निर्देशक प्रेमकृष्ण खड्गा लगायत । तस्बिरः स्वरुप आचार्य,कान्तिपुर ।

खड्‍गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ‘उहाँको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन्। प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ। र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ,’ उनले भने।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने उनकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको खड्‍गाले बताए।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…