नेपाल प्रहरीमा उच्च सतर्कता : ड्युटीमा ‘मास्क’ अनिवार्य ! हात नमिलाउने, नमस्ते गर्ने

काठमाडौं । कोरोनाभाइरसको सन्दर्भमा विश्वजगतले सजगता अपनाईरहेको बेला नेपाल प्रहरीले पनि उच्चसतर्कता अपनाउन थालेको छ। चीनको वुहानबाट पुरै विश्वभर  फैलिरहेको  कोरोनाभाइरसको असर नेपाल प्रहरीमा पनि पर्न सक्ने भएकाले संगठनले पुर्वसतर्कता अपनाएको हो । सुरक्षा संगठन समूहमा रहने भएकाले सम्भावित खरताबारे समयमै सतर्कता अपनाइएको हो ।

प्रहरीले तालिम, गस्ती, छापा हान्ने लगायतका कार्य समूहमा गर्दै आएको छ । यसबाहेक सभा सम्मेलन, भिडभाड हुने स्थानमा समेत प्रहरीको उपस्थिति रहने गर्छ ।

प्रहरी प्रवक्ता डीआईजी (प्रस्तावित एआइजी) शैलेश थापा क्षेत्रीका अनुसार प्रहरी अस्पताल र प्रहरी प्रधान कार्यालयमार्फत स्वास्थ्य आन्तरिक रुपमा स्वास्थ्य सचेतना सुरु गरिएको बताए ।

उनले भने, ‘‘विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन भनेका छौं । त्यसबाहेक साबुनपानीले हात घुने, स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य परीक्षण लगायतको व्यवस्था गरेका छौं ।’’

सकेसम्म हात नमिलाउन र नमस्ते गर्न समेत निर्देशन दिएको छ । चिकित्सकले समेत नमस्ते गर्न सुझाव दिँदै आएका छन् । आन्तरिक रुपमा अभिवादन गर्ने भए पनि कतिपय अवस्थाले सेवाग्राही वा अन्य याक्तिसँग हात मिलाउनुपर्ने भए पनि सकेसम्म हात नमिलाउने निर्देशन दिइएको प्रवक्ता क्षेत्रीले बताए ।

उनका अनुसार कोरोनाकै प्रभावका कारण यही फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन लागेको सुरक्षा गोष्ठी समेत तत्कालका लागि स्थगित गरिएको छ ।

यस्तै कोरोनाकै प्रभावको सबैभन्दा ठूलो असर प्रहरीको मापसे चेकिङमा देखिएको छ । कोरोना सं क्र मणको त्रासका कारण ट्राफिक प्रहरीले चेक गर्दै आएको मापसे परीक्षणमा असर परेको हो । ट्राफिक प्रहरीसँग पर्याप्त मात्रामा ब्रेथलाइजर मेसिन नभएका कारण कैयौं स्थानमा मुखले सुँघेर पनि मापसे चेक गर्दै आएको थियो ।

तर अहिले उक्त प्रक्रिया रोक्नुपरेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले बताए । नजिकै गएर चेक गर्नुपर्ने भएकाले कोरोनाभाइरसको संक्रमण भएको भए असर गर्न सक्ने भन्दै त्यसको विकल्पमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…