नेपालमा खतराको घन्टी : नेपाल भ्रमणबाट फर्किएका एक स्पेनी नागरिकको कोरोनाद्वारा मृ’त्यु

एजेन्सी 

नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसका कारण मृ’त्यु भएको छ। डेली मेल समाचारपत्रका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फेब्रुअरी १३ मा मृ’त्यु भएका ती व्यक्तिको मृ त्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेसंगै नेपालमा पनि भित्रभित्रै कोरोनाभाइरस फैलिरहेको आशंका गर्न थालिएको छ।

मृ’त्यु हुनुपूर्व ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको उल्लेख छ। सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भए पनि उनको मृ’त्युको कारण खुलाइएको थिएन। यो

पछि अनुसन्धानबाट मृ’त्युको कारण कोरोनाभाइरस नै रहेको स्वास्थ्यकर्मीले पुष्टि गरेका हुन्। स्पेनमा कोरोनाका कारण मृ’त्यु भएको यो पहिलो घटना हो। अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट सं’क्रमित हुने संख्या १ सय ६५ पुगेको छ।

नआतिएर कोरोनाबाट बच्न विज्ञको सुझाव 

चीनको बुहान शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)का संक्रमणबाट बच्न नेपाल सकारले पूर्व सावधानी अपनाइरहेको छ ।

सकारले पर्यटन वर्ष २०२०को विदेशमा प्रचारप्रसार स्थगित गरेको छ । मेला, महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न, नजान आग्रह गरिहेको छ । विमानस्थलदेखि अन्तर्राष्ट्रिय सीमानाकासम्म चेकजाँचको प्रबन्ध मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले नेपालमा कोरानाका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यदी कोरोना सरिहाल्यो भनेपनि आत्तिनु नपर्ने बताएका छन् । उनले भनेका छन्,‘यसको मृत्युदर निकै कम छ । १०० जनालाई सं क्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ । सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन ।’

उनले सर्वसाधारणका लागि केही तथ्य राख्दै डा. पाण्डेले आत्तिनुपर्ने अवस्था नरहेको तर मनोसामाजिक तथा मनोवैज्ञानिक तयार भने रहनुपर्ने बताएका छन् । ‘हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन । कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ । तसर्थ हामीहरू मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ ।’, उनले भनेका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…