डा.युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।

खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीलाई भेट्न मुख्य सचिव लोकदर्शन रेग्मी अस्पतालमै पुगेका थिए । त्यहीँबाट खतिवडाको नियुक्तिको सिफारिस बनेको हो ।

खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।

राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।

नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनित कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ । तर प्रधानमन्त्रीले सो सिफारिस मानेका छैनन् ।

खतिवडालाई अर्थमन्त्रीबाट रोक्नका लागि मात्र वामेदवलाई व्यापारिक घरानाको स्वार्थमा खडा गरिएको बुझाइ प्रधानमन्त्रीको छ ।

संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…