नेपाल कोरोनाबाट पीडित हुनसक्ने भन्दै अमेरिकाले दियो ठूलो सहयोग

काठमाडौं, फागुन २१ । कोरोनो भाइरसबाट प्रभावित तथा प्रभावित हुन सक्ने नेपालसहित २५ देशलाई अमेरिकी सहयोग नियोग ९युएसएड० ले आर्थिक सहयोग गर्ने भएकोछ। ‘सं’क्रामक रोग नियन्त्रणका लागि स्थापना गरिएको आपतकालीन कोषबाट अमेरिकी सरकारले कोरोनाबाट प्रभावित भइसकेका र संक्रमणको जोखिममा रहेका विभिन्न २५ मुलुकलाई आवश्यक व्यवस्था गर्न तीन करोड ७० लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराइने छ,’ युएसएडका प्रशासक मार्क ग्रीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो सहयोग प्राप्त गर्ने २५ राष्ट्रको सूचीमा नेपाल पनि छ।

अमेरिकी सरकारले विश्व स्वास्थ संगठन, अन्य बहुपक्षीय सहयोग निकाय तथा युएसएडले नेतृत्व गरेका कार्यक्रममार्फत संक्रामक रोगविरुद्ध सहयोग उपलब्ध गराउँदै आएको छ। अमेरिकी सरकारले फेब्रुअरी ७ मा कोरोनाविरुद्ध लड्न १० करोड अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार पहिलो चरणमा यी राष्ट्रलाई सहयोग गर्न लागिएको हो।

कोरोना संक्रामक भाइरसको खतरा विश्वभरि नै रहेकाले अन्य दातृ राष्ट्रलाई पनि यो कोषमा योगदान गर्न अमेरिकी सरकारले आह्वान गरेको छ।

पहिलो चरणको सहयोग प्राप्त गर्ने राष्ट्रहरूमा नेपाल, अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजकिस्तान, फिलिपिन्स, तुर्किमेनिस्तान, उच्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगालादेश, कम्बोडिया, इथियोपिया, किर्ज रिपब्लिक, लाओस, मंगोलिया, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, भियतनामलगायत छन।

सेनाको अपरेशन ‘कोभिड-१९ नेपाल

दुई महिनाअघि चीनमा कोरोना भाइरसको संक्रमण देखिन थालेको रिपोर्ट सार्वजनिक भएलगत्तै नेपाली सेनाको ‘डिजास्टर रेस्पोन्स एण्ड म्यानेजमेन्ट सेल’ यसको अध्ययनमा जुटिसकेको थियो ।

मुलुकमा आइपर्न सक्ने विपदको अध्ययन र पूर्वतयारीका लागि काम गर्ने सेलले कोभिड–१९ मा नजर लगाइरहेका बेला २८ जनवरीमा वुहानलाई ‘लक डाउन’ गरिएको समाचार सार्वजनिक भयो ।

त्यसपछि कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारको माग गर्दै सरकारप्रति व्यापक दबाव सिर्जना हुन थाल्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ पहिलो साता त्यसबारे छलफलका लागि सरोकारवाला निकायको बैठक बोलाए । जसमा सैनिक स्वास्थ्य निर्देशनालयका सहायक रथी डा. सुनीलकुमार सिंहसहित स्वास्थ्य मन्त्रालयको आपतकालीन व्यवस्था महाशाखा, पर्यटन र परराष्ट्र मन्त्रालयसहित अन्य सरोकारवाला निकायका अधिकारी सहभागी थिए ।

बालुवाटारमा भएको बैठकमा ओलीले सैनिक अधिकृतहरुलाई लक्षित गर्दै सोधे, ‘चीनमा नेपाली छन्, नेपाली सेनाको के तयारी छ ?’ जवाफमा एक सैनिक अधिकृतले अहिलेसम्म यसप्रकारको कार्यमा संलग्न नभए पनि जिम्मेवारी पाए, सेनाले पूरा गर्ने बताए ।

‘यसमा काम गर्न अन्य कुनै विशिष्ट निकाय पनि छैन’, ती अधिकृतले भनेका थिए, ‘हामीले यसबारे केही अध्ययन गरेका छौं । अवसर पाए काम गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले बैठकमा सहभागी अन्यबाट पनि सुझाव लिए ।

अन्त्यमा चीनबाट उद्धार गरेर ल्याउने कार्यको नेतृत्व गर्ने जिम्मेवारी सेनालाई नै सुम्पिने निर्णय बैठकले गर्‍यो । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि समन्वय गरेर उद्दार गरेर ल्याइने व्यक्तिलाई राख्ने स्थान टुग्याउन सेनालाई ओलीले निर्देशन दिए ।

‘सुरुमा केही स्थानहरु प्रस्ताव गरेका थियौं । तीमध्ये खरिपाटी नै उपयुक्त हुने निष्कर्ष निकालेर रिपोर्ट बुझायौं’, एक सैनिक अधिकृत भन्छन्, ‘त्यहीअनुसार चीनबाट नेपालीलाई उद्धार गर्ने अपरेशन सुरु भएको हो ।’

यो अपरेशनको नेतृत्वको जिम्मा प्रधानसेनाति पूर्णचन्द्र थापाले उपरथी प्रभुराम शर्मालाई दिए । जंगीअड्डामा शर्मालाई थापाको उत्तराधिकारीका रुपमा हेरिन्छ ।

थापाको मार्गनिर्देशनपछि ‘कोभिड-१९ नेपाल’ नामक अपरेशन चलाएर स्वास्थ्य मन्त्रालयको समन्वयमा सेनाले चीनबाट नेपाली उद्दारका कार्य थालेको थियो ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…