रोल्पा । पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्र दाङका मतदाताहरुलाइ भेटघाट गरी गृहजिल्ला रोल्पा पुग्नुभएका महरा २५ बर्षपछि आफ्नै घरमा सुत्नु हुने भएको छ । षड्यन्त्रकारीहरुको षड्यन्त्रमा परेर महराले करिब तीन महिना बढी समय प्रहरी हि रासतमा बिताउनु भएको थियो ।
सम्मानित अदालतले निर्दोष सावित गरेपछि आफ्नो निर्वाचन क्षेत्र भएको जिल्ला दाङ आउनु भएका महरा दाङ जिल्लाका प्रत्येक वडा र गाउँगाउँमा पुगेर मतदाता तथा सर्वसाधारण जनतासँग भेटघाट गर्नुभएको थियो ।
दाङको भेटघाट सम्पन्न गरेर प्युठान हुँदै गृहजिल्ला रोल्पा पुगेका महराले प्युठान र रोल्पाका विभिन्न स्थानमा आफ्नो सम्मानका लागि भेला भएका नागरिकहरुलाई सम्बोधन गर्नुभएको थियो ।
गृहजिल्ला पुग्नुभएका महराले आफूलाई गृहजिल्ला रोल्पावासीले गरेको उच्च सम्मानले आफू भावुक भएको बताउनु भयो । हिजो र आजको रोल्पासँग निकै नजिकबाट परिचित हुनुभएका महराले भविष्यको रोल्पाको मास्टरप्लान तयार गरिसकेको बताउनु भयो ।
रोल्पाले जन्माएका दर्जनौं नेताहरुलाई राजनीति सिकाएर उच्च स्थानमा पुराएको स्मरण गर्दै महराले भन्नुभयो, ‘म रोल्पालीको अभिभावक (महरा सर)मात्र होइन रोल्पाकै अभिभावक बन्न चाहन्छु । यसका लागि जनताको अपार माया मेरो लागि उर्जा भएको छ ।’ रोल्पामा महरालाई स्वागतगर्न स्वस्फुर्त हराजौंको संख्यामा मानिसहरु उपस्थित भएका थिए।
त्यो अन्तिम रात जब महरा परिवारले रोल्पाको सानो घर सधैंको लागि छोडेर हिंडे
कृष्णबहादुर महरा र सिताको ३० वर्षे प्रेमकथा : ‘मलाई जिस्क्याउने पल्लो गाउँका मास्टरसँगै विहे भयो’