कोरोनाभाइरसका कारण उपराष्ट्रपति पुनका सबै सार्वजनिक कार्यक्रमहरु स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनमगरका सार्वजनक कार्यक्रमहरु स्थगित गरिएका छन् ।

उपराष्ट्रपति पुनमगरका प्रेस संयोजक मनोज घर्तीमगरका अनुसार उपराष्ट्रपतिले निश्चित भइसकेका सार्वजनिक कार्यक्रम स्थगन गर्न र थप कार्यक्रम नलिन आइतबार नै निजी सचिवालयलाई निर्देशन दिइसक्नु भएको छ ।

सम्माननीय उपराष्ट्रपतिको निर्देशन र कोभिड–१९ को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै उहाँको पूर्वनिर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरिएको हो ।

‘सरकारले कोभिड–१९ को सम्भावित प्रकोप न्यूनीकरण र सहज अवस्था सिर्जना भएकोबारे सार्वजनिक जानकारी नगराएसम्म सम्माननीय उपराष्ट्रपति अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुने छैन’, संयोजक घर्तीमगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्माननीय उपराष्ट्रपतिले कोभिड–१९ को सम्भावित प्रकोप नियन्त्रणसम्बन्धी सरकारको योजनामा सघाउन पनि अपील गर्नुभएको छ । उहाँले नआत्तिएर सावधानी अपनाउन सबैलाई आग्रह पनि गर्नुभएको छ ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…