कोरोना भाइरसको आशंकामा तीन जना नेपाली फ्रान्सेली प्रहरीको नि’यन्त्रणमा

पेरिस — कोरोना भाइरसबाट सं’क्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नि’यन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नि’यन्त्रणमा लिएको थियो ।

फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ । स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नि’यन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरूलाई फ्रान्सको आर्तुसस्थित सीमा रक्षक प्रहरीको जिम्मा लगाएको थियो । इटालीबाट स्पेन हुँदै फ्रान्स पसे पनि युरोपेली परिषद् (सेन्जेन) को अध्यागमन नियम र सुविधाअनुसार फ्रान्स प्रहरीले इटाली फिर्ता नपठाई अस्पताल भर्ना गरेको हो ।

आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्‍याएको थियो । आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेनन् । फ्रान्सका १२ प्रान्तमा हालसम्म १९१ जनामा कोरोना भाइरसको सं’क्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको सं’क्रमणका कारण राष्ट्रपति एमानुयल म्याक्रोंले महत्वपूर्ण भ्रमणहरु रद्द गरेका छन्।

भारतको राजस्थानमा पनि भेटिए कोरोना स’ङ्क्रमित

भारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको स’ङ्क्रमण देखिएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार राजस्थानका स्वास्थ्य मन्त्री रघु शर्माले जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस स’ङ्क्रमणको पुष्टि भएको बताए ।

गएको फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा स’ङ्क्रमण पुष्टि भएको थिएन तर दोस्रो नमुना परीक्षणमा गएको सोमबार ती नागरिकमा कोरोना स’ङ्क्रमित भएको पुष्टि भएको हो ।

शर्माले भने, ‘पहिले र अहिलेको रिपोर्टमा अन्तर छ, यसर्थ नमुना परीक्षणको लागि पुणेमा रहेको राष्ट्रिय वि’षाणु विज्ञान संस्थान पठाइएको छ ।’

‘इटलीका यात्रीलाई एसएमएम अस्पतालको निगरानी वार्डमा राखिएको छ । दुई पटकको जाँचमा फरक देखिएपछि फेरि एक पटक नमुना परीक्षण जाँच गर्न पठाइएको छ । गएको २९ फेबु्रअरीसम्म जति मानिस उनको सम्पर्कमा आए, ती सबैको पनि जाँच गरिनेछ ।’

सोमबारमात्रै दिल्ली र तेलङ्गनामा पनि कोरोना सङ्क्रमित भेटिएको थियो । भारतमा अहिलेसम्म ६ जनामा कोरोना स’ङ्क्रमण भेटिएको छ । पहिलो पटक कोरोनाको स’ङ्क्र’मण देखिएको केरलाकी एक महिलासहित तीन जना स्वास्थ्य लाभपछि घर फर्किसकेका छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…