राप्रपा सांसदको प्रस्ताव : प्रदेश खारेज गरौं, जनप्रतिनिधि घटाऔं, ४० हजार जनप्रतिनिधि देशलाई बोझ भयो

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र राजेन्द्र लिङ्देनले प्रदेशको संरचना खारेज गरेर बलियो र अधिकार सम्पन्न स्थानीय तह बनाउन प्रस्ताव गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तारुढ दल नेकपा संविधान संशोधनका लागि तयार भएको भए तीन तहको संरचना खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन प्रस्ताव गरेका हुन् ।

‘तपाईंहरुलाई संघीयता शब्द प्यारो छ भने हामीलाई आपत्ति छैन । तर, यो तीन तहको संरचना खारेज गरेर बलियो, अधिकार सम्पन्न र व्यवस्थित स्थानीय तह भएको दुई तहको संरचना निर्माण गरौं’ लिङ्देनले भने ‘जनप्रतिनिधिको संख्या घटाऔं । संवैधानिक अंगहरूमा हुने नियुक्ति स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाऔं ।’

झण्डै ४० हजार जनप्रतिनिधि र तीन तहको सरकार देशलाई बोझ र अव्यावहारिक भएको उनको भनाइ छ ।

सांसद लिङ्देनले निर्वाचन प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक प्रणालीबाट संसदको गठन हुने व्यवस्था गर्न पनि प्रस्ताव गरेका छन् ।

उनले संविधान संशोधन व्यक्ति, परिवार र स्वार्थ समूहका लागि नभई जनता र देशका लागि हुनुपर्ने बताए ।

‘सत्ता पक्षलाई मेरो आग्रह छ, जनताबाट प्राप्त वर्तमान सत्ता र शक्तिलाई व्यक्तिका लागि, परिवारका लागि र स्वार्थ समूहका लागि प्रयोग गरेर आफैं अस्थिरताको कारण नबन्नुहोस्’ उनले भनेका छन् ।

विगतमा दबाव, प्रभाव र हतारमा संविधान निर्माण गर्दा थुप्रै कमजोरी भएको भन्दै लिङ्देनले अहिलेको प्रणालीमै त्रुटि रहेको टिप्पणी गरे ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…