चीनसंग सिमा जोडिएको जिल्ला डोल्पामा रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना थला परे

डोल्पा – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने विकट गाउँ करेलीकाँडामा रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको छ। रुवाखोकी र ज्वरोले ८० जना ओछ्यानमै थला परेपछि कोरोना भाइरसको आशंकाले सिँगो गाउँ नै आ तंकित बनेको छ।

जाडो छल्न काठमाण्डौ गएकी करेलीकाँडाकै ३७ वर्षीया सुक बोहरा गाउँमा फर्केसंगै रुघाखोकी र ज्वरोको प्रकोप फैलिएको हो।

रुघाखोकी र ज्वरोले थलिएपछि उपचारको लागि मनिश मेडिकलमा आएका विष्णु बुढाले नागरिकलाई भने “बोहरा काठमाण्डौबाट आएलगतै उनी आफू विमारीले थलिन त्यसपछि उनको घरपरिवार नै रुघाखोकी र ज्वरोले थला परेको केहि दिनमै सिँगो गाउँ नै रुघाखोकी र ज्वरोले थला परेको छ।

शुरुमा टाउँको दुख्ने रुघाखोकी लाग्ने त्यसपछि ज्वरोले काम्ने खाना नरुच्ने लगायतका लक्षण भएको अर्का बालकृष्ण बोहराले बताए। छिमेकी मुलुक चाइनामा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको लक्षण र आफ्नो गाउँमा फैलिएको रुघाखोकी र ज्वरोको लक्षण पनि एउटै भएकाले कतै कोरोना नै त होइन भन्ने आशंकाले सिँगो गाउँ आ तंकित बनेको अर्का विमारी झलक बुढाले बताए।

पचास घरधुरी रहेको करेलीकाँडा गाउँमा झण्डै ४० घरका ८० जना परिवार रुघाखोकी र ज्वरोले ओछ्यानमै थला परेका छन। करेलीकाँडा गाउँ नै रुघाखोकी र ज्वरोले थला परेको खवर आएपछि आवश्यक औषधी सहित चिकित्सकको टोली रुघाखोकी र ज्वरो प्रभावित गाउँमा पठाइएको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख प्रशासकिए अधिकृत प्रितीभक्त गिरीले जानकारी दिए।

रुघाखोकी र ज्वरोले धेरै मानिस थला परेको खबर आएको छ ,बास्तविकता के हो कुन रोग हो भन्ने बारे चिकित्सकको टोली फर्केपछि थाहा हुने पनि प्रमुख प्रशासकिय अधिकृत गिरीले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाकी स्वास्थ्य संयोजक जुनकुमारी बोहरले मौसम परिवर्तनको कारणले पनि सामान्य रुवाखोकी र ज्वरो आउने भएकाले पनि अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको बताइन्।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइरहेका बेला कोरोना भाइरस प्रभावित छिमेकीमुलुक चिनसंगको सिमासंग जोडिएको हिमाली जिल्ला डोल्पामा अहिले सम्म यसबारे कुनै पनि पक्षबाट जनचेतना फैलाउने र उच्च सर्तकता अपनाइएको पाइदैन।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…