यी हुन् प्रधानमन्त्री ओलीलाई मृगौला दिने ‘समीक्षा संग्रौला’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाञ्जी समीक्षा संग्रौलाले दिने भएकी छन् । प्रधानमन्त्री ओलीले दोस्रो पटक आउँदो बुधबार मृगौला प्रत्यारोपण गर्दैछन् ।

त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार हुने दोस्रो प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली आज बेलुकी अस्पताल भर्ना हुँदैछन् ।

नाताले भाञ्जी पर्ने समीक्षाको मृगौला परीक्षणका क्रममा म्याच भएपछि उनले नै दिने तयारी भएको स्रोतले जनाएको छ । ३२ वर्षीया समीक्षा झापाकी हुन् । पहिलो पटक भने भाइ बुहारी अञ्जना घिमिरेले ओलीलाई मृगौला दिएकी थिइन् ।

प्रधानमन्त्री ओलीले सन् २००८ मा पहिलो पटक मृगौलाको प्रत्यारोपण गरेका थिए । प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि बुधबार फेरि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लागिएको हो ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…