कुनै पनि ठूला सभा सम्मेलन र भोजभतेर भेला हुने कार्यक्रम नगर्न सरकारको आग्रह

काठमाडौँ — सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले यस्तो आग्रह गरेको हो ।

आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै त्यस्तो आग्रह गरेका हुन्।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न चरणमा पूर्व तयारी गरिरहेको मन्त्री ढकालले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचााजमा कडाई गर्ने तयारी गरेको उनको भनाइ छ।

ढकालले देश बाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको बताए। कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको ढकालले बताए।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि गरेको छ। सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्वाद पनि प्रभावित हुने देखिएको छ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…