चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपालीमा कोरोना भाइरसको आशंका

१८ फागुन, काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली कोरोना भाइरसको सं‌ क्रमण आशंकामा अस्पताल भर्ना भएका छन् ।

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए।

‘दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो’ प्रवक्ता बास्तोलाले भने, ‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं ।’

प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन् । उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन । उनीहरू घरमै बस्दा ज्वरो आएपछि अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए । उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ।’

दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ। दक्षिण कोरिया, इरान र इटालीजस्ता देशहरुमा पनि मानिसको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।

अब विमानस्थलमा सबै यात्रुको स्वास्थ्य परीक्षण हुने

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर यात्रा गर्ने सबै यात्रुको स्वास्थ्य जाँच हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार मन्त्रालयमा आफू मातहतका निकायका प्रमुखलाई बोलाएर कोरोनाको रोकथामका लागि विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच लगायतका काम गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री भट्टराईको संयोजकत्वमा आइतबार मन्त्रालयमा बसेको बैठकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै यात्रुको स्वास्थ्य जाँच गर्ने निर्णय गरेकाे हाे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णको संयोजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट डा‍‍.हेमन्त चन्द्र ओझा, अध्यागमन कार्यालयबाट निर्देशक राजेश पन्थी, एअर लाइन्स अपरेटर कमिटीबाट शरद काफ्ले र सुरक्षा निकायका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलले स्वास्थ्य परीक्षणका लागि थप स्थान र उपकरण समेतको आवश्यकता पहिचान गरी आजै तयारी गर्ने/गराउने जिम्मा पाएको छ ।

यस्तै सडक मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको स्वास्थ्य जाँच र आवश्यक पूर्वाधारको प्रबन्धका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अध्यागमन विभागसँगको समन्वयमा आवश्यक व्यवस्था गर्न मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै कोरोना भाइरसको प्रभाव न्यूनीकरण गर्न रोकथामको क्रममा विभिन्न देशले अवलम्बन गरेको उडानसम्बन्धी रणनीतिको अध्ययन र विज्ञसँग समेतको छलफलको आधारमा नेपालले उडान रोक्नु पर्ने वा नपर्ने सम्बन्धमा दुई दिनभित्र संक्षिप्त प्रतिवेदन पेश गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष २०२० को सचिवालयबाट मार्च महिनामा स्वदेश तथा विदेशमा गर्ने प्रचारप्रसारका कार्यक्रमहरु हाललाई स्थगन गर्ने तथा मार्च तेस्रो हप्तामा यसको समीक्षा गरी पेश गर्न सचिवालयलाई बैठकले निर्देशन दिएको छ ।

नेपालको पर्यटन प्रवर्द्धनका लागि वैकल्पिक रणनीति तय गर्न नेपाल पर्यटन बोर्डमा क्रियाशील समूहले देशगत सूचनाहरु अध्यावधिक राखेर आवश्यक आन्तरिक तयारी गर्ने तयारी गरेकाे छ ।

नेपाल वायुसेवा निगमबाट जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा हुन लागेको उडानकाे सुरुवातमा दुवै देशमा कुनै औपचारिक कार्यक्रम आयोजना नगर्ने बैठकले निर्णय गरेको छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…