इरानमा कोरोनाभाइरस नि’यन्त्रण बाहिर : एक सांसदको मृ’त्यु, आठ भिआईपीसहित ६ सय सं’क्रमित

तेहरान : कोरोना भाइरसका कारण इरानमा एक सांसदको मृ’त्यु भएको छ । इरानमा नौजना सं’क्रमितमध्ये एकजनाको मृ’त्यु भएको हो ।

यससँगै इरानमा ४३ जनाको मृ’त्यु भइसकेको छ । जुन चीनपछि उच्च मृ’त्यु संख्या इरानमा नै हो । साथै ५ सय ९३ जना सं’क्रमित छन् । इरानमा उपराष्ट्रपतिसहित आठ भिआईपी व्यक्तित्वमा कोरोना सं’क्रमण सरिसकेको छ । जसमध्ये पाँचजना सांसद छन् ।

पछिल्लो समय तेहरानमा स्कुल र कलेजहरु बन्द गरिएको छ ।

अमेरिकामा भेला र जमघट गर्न प्र तिबन्ध

अमेरिका, यूरोप र मध्यपूर्वका नेताहरुले कोरोना भाइरस प्र भावित क्षेत्रमा सार्वजनिक रुपमा सभासम्मेलन नगर्न आग्रह गरेका छन् ।

शनिबार अमेरिकामा कोरोना भाइरसका कारण एकजनाको मृ’त्यु भएपछि सभा सम्मेलनमाथि प्रति’बन्ध नै लगाइएको हो । साथै दक्षिण कोरिया, इटली लगायत कोरोना प्र भावित क्षेत्रमा यात्रा नगर्न अमेरिकाले चे’तावनी दिएको छ ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले इरानबाट आएका यात्रुलाई लगाइएको प्र तिबन्ध अझै बढाइने बताएका छन् । अमेरिकाले मेक्सिकोमा पनि यात्रुलाई रोक्नसक्ने बताइएको छ । मेक्सिकोमा कोरोना भाइरसका कारण गत साता तीनजनाको मृ’त्यु भइसकेको छ ।

वुहानबाट नेपाली ल्याएका चालकदलका १८ सदस्य क्वारेन्टाइनमुक्त

चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेका ल्याएका विमान चालक र चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त भएका छन् ।

दुई साता लामो क्वारेन्टाइनपछि जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिव खगराज बरालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । नगरकोटमा राखिएका हरु आज मुक्त भएका र भक्तपुरमा राखिएकाहरुलाई भाेलि साेमबार मुक्त गरिने भएकाे छ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…